default_image

10 years ago

May 28, 2016

नेपाली टोलीले आज साँझ खेलस्थलमै अभ्यास गर्ने

148 views

0 Bookmark

काठमाडौं – लाओसको राष्ट्रिय टोलीसंग मैत्रिपूर्ण खेल खेल्न भिएन्टिआन पुगेको नेपाली टोलीले भोली खेल हुने मैदानमा आज अभ्यास गर्ने भएको छ।

दुइ टोलीका कप्तान एवं प्रशिक्षक आज भएको पत्रकार सम्मेलनमा

दुइ टोलीका कप्तान एवं प्रशिक्षक आज भएको पत्रकार सम्मेलनमा

२० खेलाडी सम्मिलित २८ सदस्यीय टोली हिजो राती लाओस पुगेको थियो। अनिल गुरुङको कप्तानिमा रहेको नेपाली टोलीले फिफा मान्यताप्राप्त खेल भोली नेपाली समयानुसार साँझ ५:१५बजे खेल्नेछ।

नेपाल र लाओसबिच यो पहिलो अन्तराष्ट्रिय खेल हो। लाओसले आगामी जुन २ र ७ तारिखमा भारतविरुद्ध एसियन कप छनोट अन्तर्गत दुई खेल खेल्दैछ। लाओसले सोहि खेललाई मध्यनजर गर्दै नेपालको अनुरोध स्विकारेको थियो।

 

 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.