default_image

5 years ago

August 23, 2019

सुजलले राष्ट्रिय टोलीको कप्तानी गर्ने!

31 views

0 Bookmark

कठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सुजल श्रेष्ठले मलेसियाको जोहोर दारुलविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् ।

नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुजललाई कप्तान नियुक्त गरेको हो । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार सुजललाई कप्तान र गोलरक्षक विकेश कुथुलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

नेपाल र मलेसियाको लिग च्याम्पियनबीच भदौ ९ गतेका लागि मैत्रीपूर्ण खेल तय भएको छ । त्यसमा सुजलले कप्तानी गरेपनि त्यो औपचारिक रुपमा राष्ट्रिय टोलीको कप्तानीमा भने गणना हुने छैन । नियमित कप्तान विराजलाई यसपटक आराम दिइएको थियो भने उपकप्तान भरत थाइल्याण्ड र किरण जापानमा रहेका छन् ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते पहिलो खेल खेल्नुअघि मलेसियाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मलेसिया जाने टोलीको विदाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यवहाक सदस्य सचिज राजेश गुरुङले विदाई गरेका थिए ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.