6 years ago
September 9, 2019
सुबास हुमागाईं, काठमाडौं
विजय गुरुङ नेपाली फुटबलमा पृथक पहिचान बनाएका खेलाडी हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएकै उत्कृष्ट मध्यमा पर्ने विजयले राष्ट्रिय टोलीका लागि ८ वर्षसम्म नियमित खेले । तर सन् २०१३ मा नेपालमै आयोजित साफ च्याम्पियनसिपमा आश्चर्यजनक रुपमा टोलीमा नपरेपछि विजयले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे ।

राष्ट्रिय टोलीका लागि ३३ पटक मैदानमा उत्रिएका विजयले ३ गोल गरेका छन् । सन् २००५ मा साफ च्याम्पियनसिपमा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विजयले आफ्नो करिअरभर ७ नम्बर जर्सी लगाए । क्लब फुटबलमा समेत उक्त जर्सी नम्बरसहित उनले आफ्नो पहिचान नै कायम गरे । विंगर तथा आक्रामक मिडफिल्डको भूमिकामा खेल्ने विजयले घरेलु फुटबलमा पनि निकै सफलता हात पारेका छन् ।
क्लब फुटबलमा अधिकांश समय थ्री स्टारबाट खेलेका विजय पछिल्लो समय घरेलु फुटबलमा पनि देखिएका छैनन् । सानातिना मोफसल प्रतियोगितामा सहभागिता नजनाउने विजय मुख्य लिग र ठूला गोल्डकप प्रतियोगितामा भने उपस्थित हुने गर्थे । तर अघिल्लो सिजन उनले लिग फुटबल पनि खेलेनन् । थ्री स्टारबाट एएफसी कपको छनोट चरण खेलेपछि उनी टोलीमा छैनन् ।
समग्र फुटबलबाट नै गायब भएका विजय अहिले काठमाडौंमा छन् । उनी यसपटक राष्ट्रिय फुटसल टोलीमा पर्न नियमित प्रशिक्षणमा रहेका छन् । ३३ वर्षको उमेरमा पनि उत्तिकै फिट देखिएका विजय निकै मिहिनेत गरिरहेका छन् । राष्ट्रिय टोलीका लागि खुल्ला छनोटबाट २५ खेलाडीसम्म आइपुग्दा राजधानी बाहिरबाट छनोटमा परेका २ खेलाडीमध्य विजय एक हुन् । फुटबलमा सक्रिय सहभागिता नभएपनि पोखरामा नियमित फुटसल खेलेका विजय अब राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेका छन् ।

फुटसल टोलीका मुख्य प्रशिक्षक विष्णु गुरुङका अनुसार विजय प्राविधिक रुपमा निपुण खेलाडी हुन् । ‘ विजयले निकै मिहिनेत गरिरहेका छन् । उमेरले अन्य खेलाडीको तुलनामा धेरै भएपनि वहाँसँग भरपुर अनुभव छ । फिटनेसमा पनि अन्य खेलाडीभन्दा कम छैनन् । फुटबलबाट टाढा भएपनि पोखरामा नियमित फुटसल खेलेको देखेको थिएँ । अहिले २५ खेलाडीमा रहेर नियमित प्रशिक्षणमा छन्,’ विष्णुले थपे ।
विजय राष्ट्रिय फुटबल टोली यात्रा समाप्त भएपनि फुटसलमार्फत राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न लागेका छन् । उनीसँगै २४ खेलाडी अहिले एएफसी फुटसल च्याम्पियनसिपको छनोटको तयारीमा व्यस्त छन् । मुख्य प्रशिक्षक विष्णुसँगै सहायक प्रशिक्षक गौरव बस्नेत र प्रकाश परियारले उनलाई सहयोग गरिरहेका छन् । केहि सातामा १४ सदस्यीय अन्तिम टोलीको घोषणा हुनेछ ।

अर्को वर्ष हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल अक्टोबरमा इरानमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तर्गत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल अन्तर्गत अक्टोबर २३ मा ताजिकिस्तान, २४ अक्टोबरमा उज्वेकिस्तान र २५ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्कमेनिस्तानले सोझै अन्तिम चरण खेल्नेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]