default_image

10 years ago

June 8, 2016

फुटबलका दश नियम परिवर्तन; यसै महिनादेखि लागु हुने

651 views

0 Bookmark

विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ ।

नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ । किनकी यि प्रतियोगिताहरु नयाँ नियम पास हुनुअगावै तय भएका हुन् ।

Australian referee Benjamin Jon Williams (L) gives a red card to Belgium's midfielder Steven Defour (not pictured) during a Group H football match between South Korea and Belgium at the Corinthians Arena in Sao Paulo during the 2014 FIFA World Cup on June 26, 2014. AFP PHOTO / ODD ANDERSEN (Photo credit should read ODD ANDERSEN/AFP/Getty Images)

यही महिनाबाट लागू नियम यस्ता छन्ः

 

१. पेनाल्टी पास दिन नपाइने
टाइ ब्रेकरको पेनाल्टी पास दिन नपाउने नियम त यसअघि पनि थियो । तर, अब खेल चलिरहेका बेलामा प्राप्त हुने पेनाल्टी पनि साथीलाई पास दिन पाइनेछैन । केही समयअघि बार्सिलोनाका स्टार लियोनल मेस्सीले आफ्ना टिममेट लुइस स्वरेजलाई पेनाल्टी बल पास दिएका थिए । अब यदि यस्तो गरेमा पास दिने खेलाडीले पँहेलो कार्ड पाउने छन् भने, विपक्षी टिमलाई फ्रिकिकको मौका दिइनेछ । साथै पेनाल्टी हान्नु पूर्वलाइन भन्दा अगाडि आएमा गोलकिपरलाई पनि पँहेलो कार्ड दिइने छ ।
२. नियतबस फल गरे सिधै बाहिर
अहिलेसम्मको नियम अनुसार कुनै पनि खेलाडीले आफ्नो ‘डि बक्स’ एसियामा फल गरेमा विपक्षी टीमलाई पेनाल्टी दिने तथा अवस्था हेरेर फल गर्ने खेलाडीलाई पहेँलो वा रातो कार्ड दिने नियम थियो । तर, अबबाट नियतवश फल गरेमा खेलाडीलाई सिधै मैदान बाहिर पठाइनेछ । बल नियन्त्रणमा लिनेक्रममा भएको फलका लागि भने खेलाडीले पहेँलो कार्ड पाउनेछन् ।

 

३. खेल शुरु हुन अगावै पनि रेडकार्ड
अहिलेसम्म खेल सुरु भइसकेपछि मात्रै रेफ्रीले खेलाडीलाई रातो कार्ड दिनसक्ने नियम थयो । तर, अब खेल सुरु हुनुअगावै पनि रेडकार्ड दिन सकिने छ । यदि कुनै खेलाडीले खेल सुरु हुनुअगावै आफ्नो व्यवहारका कारण रेडकार्ड पाएमा उसको ठाँउमा बेन्चमा रहेको अर्को साथीले खेल्न पाउनेछ । खेल सुरु हुनुअगावै पाउने रेडकार्डले टिमलाई १० खेलाडीमा भने सिमित गर्ने छैन ।

 

४. चोटको समय
पुरानो नियममा खेलाडीलाई चोटपटक लागेमा तुरुन्तै मैदानबाहिर लगेर उपचार गरिन्छ । उपचारपछि ठिक भएमा रेफ्रीले मैदानमा आउने इशारा गर्दछन् । तर, अबबाट घाइते खेलाडीको उपचार २० सेकण्डसम्म मैदानमा नै गर्न सकिनेछ ।

 

५. खेल शुरु गर्ने

अहिलेसम्मको नियममा खेल शुरु गर्दा बललाई अगाडि लैजानुपर्दछ । तर नयाँ नियममा बललाई साइड पास वा ब्याक पास गर्न पनि सकिनेछ ।
६. आक्रामक पंक्ति
अहिलेसम्मको नियम अनुसार फ्रि किक हान्ने टीमका खेलाडी गोलकिपर नजिक उभिन्छन् । फ्रि किक मिस भएमा भीडको फाइदा उठाएर कुनै पनि खेलाडीले गोल गर्न सक्दछ । तर नयाँ नियमअनुसार फ्रि किक हान्ने बेलामा सो टिमका खेलाडीहरु गोल किपरको अगाडि उभिन पाउने छैनन् । गोलकिपरहरुका लागि यो निकै राहतको खबर हो ।

 

७. ड्रिंक्स ब्रेक
पुरानो नियमअनुसार गर्मी वा तिर्खा लागेको बेलामा रेफ्रीले पानी पिउने ब्रेकलाई बढाउने स्वतन्त्रता छ । नयाँ नियममा पनि ब्रेक दिने स्वतन्त्रता त छ तर, रेफ्रीले हरेक सेकण्डको हिसाब राख्नु पर्नेछ । यो ब्रेकलाई पछि अतिरिक्त समयमा सामेल गर्नुपर्नेछ ।
८. थ्रो
पुरानो नियममा पनि थ्रो फाल्ने तरिका छ । तर व्यवसायिक फुटबलमा खेलाडीले गलत थ्रो फालेमा रेफ्रीले सिटी खासै बजाएको देखिँदैन । तर अबबाट गलत थ्रो फाल्ने वित्तिकै तुरुन्त सिटी बजाउनुपर्नेछ । खेलाडीले दुवै हातले टाउको पडाडिबाट बल ल्याएर थ्रो गर्नुपर्छ र बल फाल्दा टाउको माथिबाट नै फाल्नुपर्दछ । यस्तो गरेको भेटिएमा रेफ्रीले तुरन्तै सिटी बजाउन सक्नेछन् ।

 

९. बिना जुत्ता खेल्न पाउने
खेल चलिरहेका बेला जुत्ता फुस्किएमा खेलाडीले खेल जारी राख्न खेल रोकिने बेलासम्म पर्खनुपर्दछ । तर अबबाट जुत्ताबिना वा शिन गार्डबिना पनि खेललाई जारी राख्न सक्दछन् ।

 

१०. भित्रि लुगाकोको रंग
अहिलेसम्मको नियम अनुसार टीमको जर्सी वा निकरभित्र आफ्नो इच्छा अनुसारको भित्रि लुगा लगाउन पाउँछन् । तर नयाँ नियम लागू भएपछि जर्सी वा निकर जस्तो छ, त्यस्तै रंगको भित्रि लुगा लगाउनुपर्नेछ ।

साथै जर्सी अनुसारको भित्रि लुगा नभएमा रेफ्रीले खेलाडीलाई भित्रि लुगा परिवर्तन गर्न आदेश दिन पनि सक्दछन् ।

साभार: साझापोष्ट

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.