6 years ago
September 20, 2019
बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ ।
विभिन्न चार विधामा प्रत्येक विधाबाट समान ३ जनाको मनोनयन सार्वजनिक गरिएको हो । वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी एस्तर राई, फुटबलकी अन्जिला तुम्बापो सुब्बा र भलिबलकी बिनिता बुढाथोकी मनोनयमा परेका छन् ।
फुटबल चारै विद्यामा मनोनयमा परेको छ । फुटबलका छिरिङ गुरुङ, क्रिकेटकी अप्सरी बेगम र ब्याडमिन्टनकी अमिता गिरी वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयमा परेका छन् ।
राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का, बक्सिङका डम्बर लिम्बू र करातेका योगश चम्लिङ वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् । बुद्ध तामाङको संयोजकत्वपमा रहेको प्रतिभा छनोट समितिले मनोनय सार्वजनिक गरेको हो ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीले मोटरसाइकल, वर्षकी उत्कृष्ट महिला खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । वर्षका उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्ने झापा मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।
अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन घोषणा गरिनेछ । पिपुल्स् च्वाइसको विजेताले २५ र लाइट टाइम अचिभमेन्ट अवार्डका विजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अवार्डलाई स्थापनाकालदेखि नै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।
त्यस्तै, सहारा नेपाल साकोसले नगद २ लाख रुपैयाँ प्रदान गर्छ भने अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्टस् अवार्डमा आमा स्वर्गीय राजकुमारी गुरुङ, बुवा स्वर्गीय बलबहादुर गुरुङ र भाउजू स्वार्गीय तितामाया गुरुङको स्मृतिमा एक थान मोटरसाइकल र एक थान स्कुटर प्रदान गरेका थिए ।
त्यस्तै, अन्य सामाजिक संघसस्था र व्यापारिक प्रतिष्ठानबाट समेत सहयोग रहेको मञ्च झापाले जनाएको छ । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइएको बताइएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]