default_image

5 years ago

September 22, 2019

भुटानविरुद्ध नेपालको दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीले साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भुटानको सामना गर्दैछ । पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा माल्दिभ्सको एकमात्र पेनाल्टी गोलमा गल्ती गरेका रोशन दोङको स्थानमा अन्जल महर्जन टोलीमा आएका छन् […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीले साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भुटानको सामना गर्दैछ ।

पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा माल्दिभ्सको एकमात्र पेनाल्टी गोलमा गल्ती गरेका रोशन दोङको स्थानमा अन्जल महर्जन टोलीमा आएका छन् । यस्तै मिडफिल्डर रोशन रानामगरको स्थानमा मनीष थापा टोलीमा समेटिएका छन् ।

नेपालले यस खेलमा जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । समूहको अन्तिम स्थान भने भुटान र माल्दिभ्सको खेलपछि टुंगो लाग्नेछ ‌। नेपाल र भुटानको खेल बराबरीमा सकिएको खण्डमा भने नेपालले अन्तिम खेलको नतिजा प्रतिक्षा गर्नुपर्ने हुन्छ ‌।

नेपालको सुरुवाती ११:

विशाल सुनार, अन्जल महर्जन, नवीन गुरुङ, रन्दिप पौडेल, विशाल बस्नेत, शिशीर लेखी, मनीष थापा, जय गुरुङ (कप्तान), नितिन थापा, मनीष डाँगीे, व्रिजेश चौधरी

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.