default_image

9 years ago

June 10, 2016

भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा

107 views

0 Bookmark

लस एन्जल्स (एजेन्सी) –  सालोमोन रोनडोनले पहिलो हाफमा गरेको गोलको मद्दतमा उरुग्वेलाई १–० ले हराएपछि भेनेजुएला अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २००६ यता कोपामा भेनेजुएलालले लगातार दोस्रो खेल जितेको यो पहिलो पटक हो । फिफा वरियताको नवौं स्थानमा रहेको उरुग्वेको अघिल्लो चरणको यात्रा संकटमा परेको छ । उरुग्वेले कोलामा लगातार दोस्रो खेल हारिसकेको छ । जमैका र मेक्सिकोबीचको खेलको नतिजाले प्रतियोगितामा उरुग्वेको यात्राको सम्भावना प्रष्ट हुनेछ ।

Venezuela's Salomon Rondon, right, scores a goal past Uruguay's Fernando Muslera during the first half of a Copa America Group C soccer match Thursday, June 9, 2016, in Philadelphia. (AP Photo/Matt Slocum)

गोल गर्ने क्रममा भेनेजुएलाका सालोमोन रोनडोन

रोनडोनले ३६ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई पछि पारेका थिए । फिफा वरियताको ७७ औं स्थानमा रहेको भेनेजुएललो ६८ औं मिनेटमा अर्को गोलको मौका पाएपनि सफल हुन सकेन । चोटग्रस्त स्टार लुइस स्वारेज विना उत्रेको उरुग्वेका इडिन्सन काभानीले केही मौका पाएपनि गोल गर्न सकेनन् । खेल सकिन एक मिनेटअघि नजिकबाट उनले गरेको प्रहार पोस्टको नजिककैबाट बाहिरिएको थियो ।

 बलअघि बढाउने प्रयासमा भेनेजुएलाका सालोमोन रोनडोन (दायाँ) ।


बलअघि बढाउने प्रयासमा भेनेजुएलाका सालोमोन रोनडोन (दायाँ) ।

सोही खेलमार्फत उरुग्वेका म्याक्सी पेरिरा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी बनेको छन् । उनको खेल संख्या १ सय १३ पुगेको छ । उनले डिएगो फोर्लानको कीर्तिमानलाई उछिनेका हुन् ।
सोमबार भेजेजुएलाले मेक्सिको र उरुग्वले जमैकाको सामना गर्नेछ ।

 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.