default_image

9 years ago

June 10, 2016

युरोपियन च्याम्पियनसिपको उद्घाटनमा फ्रान्स र रोमानिया भिड्दै

184 views

0 Bookmark

पेरिस (एजेन्सी)– आयोजक फ्रान्स र रोमानियाबीच आज राती युरोपियन च्याम्पियनसिपको उद्घाटन खेल हुनेछ । नेपाली समय अनुसार राती १२ः४५ मा उद्घाटन खेल सुरु हुनेछ । २० बर्षपछि यी दुई टोली युरोपियन च्याम्पियनसिपमा एकअर्कोको आमने सामने हुँदैछन् । सन् १९९६ को एकै समूहमा रहँदा फ्रान्सले रोमानियालाई १–० ले हराएको थियो ।

अभ्यासमा फ्रान्सका पाउल पोग्बा ।

अभ्यासमा फ्रान्सका पाउल पोग्बा ।

फ्रान्सका प्रशिक्षक डिडिर डेसच्याम्पस्ले युरोपियन च्याम्पियनसिपका लागि पछिल्लो दुई बर्षदेखि तयारी गरिरहेको बताएका छन् । ‘प्रतिस्पर्धा फुटबलमा फर्कनका लागि यो महत्वपूर्ण खेल हो । हामीले पछिल्लो पटक विश्वकप (२०१४) मा जर्मनीविरुद्ध क्वार्टरफाइनल खेलेका थियौं’ डेस च्याम्पसले भने, ‘त्यसपछि हामीले मैत्रीपूर्ण मात्र खेल्दै आएका छौं । त्यसैले घरेलु मैदानमा उद्घाटन खेल्नु साच्चै विशेष हुन्छ । यो खेलले प्रतियोगितामा लय समात्न मद्दत गर्छ ।’
रोमानियालाई कमजोर आक्न नमिल्ने डेसच्याम्पसको तर्क छ । ‘हामी फ्रान्समा खेल्दै छौं । तर रोमिायालाई कमजोर मान्न सकिन्न । उनीहरुले सफलता नतिजाका लागि हर सम्भव प्रयास गर्नेछन् ’ उनले भने, ‘यदी उनी यो खेलाडी जित्न चाहन्छ भन्ने रक्षापक्तिमा मात्र होइन अग्रपक्तिमा पनि त्यतिकै ध्यान दिनेछन् । मैले उनीहरुको पछिल्ला खेल हेरेको छु, त्यसमा उनीहरुले फरवार्डमा पनि ध्यान दिएका छन् । मलाई लाग्छ ९० मिनेटको संघर्ष रोमाञ्चक हुनेछ ।’

अभ्यासका दौरान रोमानियाका खेलाडी ।

अभ्यासका दौरान रोमानियाका खेलाडी ।

रोमानियका प्रशिक्षक एनगेल लोरडानेसिउले विश्वकै उत्कृष्ट टोलीमध्ये एक सँग खेल्न गइरहेको बताएका छन् । उनको नजरमा फ्रान्स प्रतियोगिताको दाबेदार मध्येको एक हो । ‘मलाई हाम्रो खेलाडीमा विश्वास छ । सामूहिक रुपमा उनीहरुले आफ्नो क्षमताको प्रदर्शन गर्नेछन्’ उनले भने,‘ हाम्रो लक्ष्य भनेको समूह चरणबाट अघि बढ्ने हो त्यसका लागि हामीले उच्च प्रदर्शन गर्नैपर्ने हुन्छ । ’

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.