default_image

4 years ago

October 14, 2019

वेलको गोलमा क्रोएसियासँग वेल्सको बराबरी

एजेन्सी – स्टार ग्यारेथ बेलले गोल गरेपछि वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग अंक खोस्न सफल भएको छ । बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए । कार्डिफ सिटी स्टेडियम आइतबार राति भएको खेलको नवौ मिनेटमा निकोला भ्लासिकले ब्रुनो पेटकोभिकको पासमा गोल गर्दै क्रोएसियालाई खेलमा […]

30 views

0 Bookmark

एजेन्सी – स्टार ग्यारेथ बेलले गोल गरेपछि वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग अंक खोस्न सफल भएको छ । बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए ।

कार्डिफ सिटी स्टेडियम आइतबार राति भएको खेलको नवौ मिनेटमा निकोला भ्लासिकले ब्रुनो पेटकोभिकको पासमा गोल गर्दै क्रोएसियालाई खेलमा अघि बढाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा बेलले बराबरी गोल फर्काए । बेलले बेन डेभिसको पासमा बराबरी गोल फर्काए । दोस्रो हाफमा क्रोएसियाले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीसँगै क्रोएसिया ७ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । वेल्स ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदै छनोट हुने सम्भावना जीवितै राखेको छ ।

यही समूहको अर्काे खेलमा हंगेरीले अजरवैजानलाई १–० ले पराजित गरेको छ । हंगेरी १२ अंक जोडेर दोस्रो स्थानमा छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा अजरवैजान १ अंकसहित पुछारमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.