default_image

5 years ago

October 23, 2019

एमबाप्पेले तोडे मेस्सीको कीर्तिमान

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गर्ने बार्सिलोना कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई तोडेका छन् । एमबाप्पेले २० वर्ष र ३ सय ६ दिनको उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा मंगलबार राती पिएसजीले क्लब ब्रुगलाई ५–० ले हराउँदा एमबाप्पेले ह्याट्रिक […]

35 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गर्ने बार्सिलोना कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई तोडेका छन् ।

एमबाप्पेले २० वर्ष र ३ सय ६ दिनको उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा मंगलबार राती पिएसजीले क्लब ब्रुगलाई ५–० ले हराउँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए । पीएसजीका लागि बाँकी २ गोल माउर्को इकार्डीले गरेका थिए । एमबाप्पे ५२ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

मैदान प्रवेश गरेको नवौं मिनेटमा उनले पहिलो गोल गरे । इकार्डीको दोस्रो गोलका लागि पास मिलाइदिएका एमबाप्पेले दोस्रो गोल ८० औं मिनेटमा गरे । ८३ औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे । जसले उनलाई कीर्तिमानी खेलाडीका रुपमा स्थापित गराएको छ । यसअघि बार्सिलोनाका सुपरस्टार मेस्सीले २१ वर्ष २ सय ८८ दिनमा १५ गोल पुरा गर्ने कीर्तिमान बनाएका थिए ।

एमबाप्पे २० वर्षको उमेरमा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले २१ वर्ष लाग्नुअघि नै १७ गोल पुरा गरेका छन् । त्यस्तै २१ वर्षको उमेरमा च्याम्पियन्स लिगमा १२ गोल गर्दै करिम बेन्जिमा दोस्रो स्थानमा छन् । मेस्सीले रियल म्याड्रिडका महान खेलाडी राउलको कीर्तिमान तोडेका थिए । राउलले २२ वर्ष १ सय ६३ दिनमा च्याम्पियन्स लिगमा १५ गोल पुरा गरेका थिए ।

यसैगरी एम्बाप्पे १० वर्षभन्दा लामो समयपछि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि सन् २००८ मा भिल्लारियलबाट खेल्दै जोसेबा लोरेन्टले आलबर्गविरुद्ध दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । समूह चरणका ३ खेलपछि ९ अंकसहित पिएसजी समूह एको शीर्षस्थानमा छ । ५ अंक कम रहेको रियल म्याड्रिड दोस्रो स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.