default_image

4 years ago

October 24, 2019

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिगमा नयाँ किर्तिमान रचेका छन् । बुधबार स्लाभिया प्राहाविरुद्ध जितमा गोल गर्दै लगातार १५ औं सिजन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान कायम गरेका हुन् । मेस्सीले जारि सिजन चोटका कारण सुरुवाती केहि खेल गुमाएका थिए । हाल चोटबाट मुक्त भएपछि पूर्ण रुपमा मैदान फर्किएका मेस्सीले च्याम्पियन्स लिगमा […]

35 views

0 Bookmark

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिगमा नयाँ किर्तिमान रचेका छन् । बुधबार स्लाभिया प्राहाविरुद्ध जितमा गोल गर्दै लगातार १५ औं सिजन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान कायम गरेका हुन् ।

मेस्सीले जारि सिजन चोटका कारण सुरुवाती केहि खेल गुमाएका थिए । हाल चोटबाट मुक्त भएपछि पूर्ण रुपमा मैदान फर्किएका मेस्सीले च्याम्पियन्स लिगमा यस सिजन खाता खोल्ने क्रममा कीर्तिमान कायम गरेका हुन् । उनले आर्थरको पासलाई सदुपयोग गर्दै विपक्षी गोलरक्षकलाई बिट गरेर गोल गरेका थिए ।

मेस्सीले प्राहाविरुद्ध गोल गर्दै अर्को कीर्तिमान पनि बराबरी गरेका छन् । उनले च्याम्पियन्स लिगमा समग्रमा ३३ औं फरक टोलीविरुद्ध गोल गरेका हुन् । यसअघि राउल र क्रिस्टियानो रोनाल्डोले पनि ३३ फरक टोलीविरुद्ध गोल गर्दै कीर्तिमान कायम गरेका थिए ।

लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेपनि च्याम्पियन्स लिगको फरक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने रायन गिग्सको नाममा छ । गिग्सले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १६ फरक सिजनमा गोल गर्दै कीर्तिमान कायम गरेका छन् ।

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.