default_image

5 years ago

October 24, 2019

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । इडेन एरिना प्राहामा बुधबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्राहामाथि २–१ को कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । घरेलु टोलीका जान बोरिलले एक गोल फर्काए । खेलको […]

61 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । इडेन एरिना प्राहामा बुधबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्राहामाथि २–१ को कठिन जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । घरेलु टोलीका जान बोरिलले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोना खेलमा अघि बढेबो थियो । उनले अर्थरको पासमा सदुपयोग गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । ५०औं मिनेटमा जान बोरिलले लुकास मासोपस्टको पासमा बराबरी गोल फर्काएका थिए ।

त्यसको ७ मिनेटपछि बार्सिलोनाले आत्मघाती गोलबाट अग्रता बनायो । कप्तान लियोनेल मेस्सीको फ्रिकिकमा लुइस सुआरेजको क्रसलाई पिटर ओलायिन्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । त्यसपछि थप गोल गर्न नसक्दा बार्सिलोना २–१ ले विजयी रहन सफल भयो । जितसँगै बार्सिलोना समूह ‘एफ’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । प्राहा १ अंक जोडेर पुछारमा छ ।

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.