default_image

4 years ago

October 24, 2019

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

एजेन्सी – मिचे बात्सुयाईको निर्णायक गोलमा चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’को खेलमा डच क्लब आयाक्समाथि जित हात पारेको छ । इोहान क्रुफ एरिना आर्मस्टर्डम आयाक्समा बुधबार राति भएको बात्सुयाईले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर […]

22 views

0 Bookmark

एजेन्सी – मिचे बात्सुयाईको निर्णायक गोलमा चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’को खेलमा डच क्लब आयाक्समाथि जित हात पारेको छ । इोहान क्रुफ एरिना आर्मस्टर्डम आयाक्समा बुधबार राति भएको बात्सुयाईले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो । ३५औं मिनेटमा क्वीन्सी प्रोमिसले गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन । त्यसअघि खेलको १५औं मिनेटमा चेल्सीले पहिलो आक्रमण बुनेको थियो । मासन माउन्टको प्रहारलाई गोलरक्षक एन्ड्री ओनानाले बचाए ।

३९औं मिनेटमा क्वीन्सीको प्रहारलाई चेल्सीका कप्तान सेसर एजपिलिक्वेटाले ब्लक गरिदिए । ६०औं मिनेटमा क्वीन्सीको कर्नरमा एड्सन अल्भारेजको हेडर पोस्टमा लागेर फर्कियो । बात्सुयाईले मैदान छिरेको दोस्रो मिनेटमै सिक्स यार्ड बक्सबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । बात्सुयाई ७१औं मिनेटमा टम्मी अब्राहमको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि भने चेल्सीले लगातार पोस्ट आक्रमण बुनेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । ८६औं मिनेटमा तीनै वैकल्पिक खेलाडी बात्सुयाईले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले १–० को जित निकाल्दै आयाक्सबाट महत्वपुर्ण ३ अंक खोस्न सफल भयो । जितसँगै चेल्सी ६ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक रहेपनि आयाक्स दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा फ्रेन्च क्लब लिल र स्पेनिस क्लब भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । लिलमा भएको खेलमा डेनिस चेरिसेभले भ्यालेन्सियालाई ६३औं मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयको पाँचौं मिनेटमा नानितामो इकोनेले गोल गरेपछि लिल अंक खोस्न सफल भएको हो ।

अघिल्लो दुई खेलमा पराजित भएको लिलको यो पहिलो अंक हो । भ्यालेन्सिया ४ अंकसहित तेस्रो तथा लिल १ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा
आरबी लेइप्लिजविरुद्ध  जेनिथ सेन्ट पिटर्सवर्ग (–१)
बेन्फिकाविरुद्ध लियोन (२–१)

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

 

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.