default_image

5 years ago

October 24, 2019

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

एजेन्सी – सेन्ट्रल मिडफिल्डर ओक्सलेड चेम्वरलेनको दुई गोल सहयोगमा इंग्लिस क्लब लिभरपुलले युइउफएफ च्याम्पियन्स लिगमा बेल्जियन प्रतिद्धन्द्धी जिन्कमाथि शानदार जित निकालेको छ । लुमिनस एरिना जिन्कमा बुधबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि ४–१ को शानदार जित हात पारेको हो । लिभरपुलको जितमा चेम्वरलेनले दुई तथा साडियो माने र मोहक्कद सलाहले गोल गरे । घरेलु […]

24 views

0 Bookmark

एजेन्सी – सेन्ट्रल मिडफिल्डर ओक्सलेड चेम्वरलेनको दुई गोल सहयोगमा इंग्लिस क्लब लिभरपुलले युइउफएफ च्याम्पियन्स लिगमा बेल्जियन प्रतिद्धन्द्धी जिन्कमाथि शानदार जित निकालेको छ ।

लुमिनस एरिना जिन्कमा बुधबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि ४–१ को शानदार जित हात पारेको हो । लिभरपुलको जितमा चेम्वरलेनले दुई तथा साडियो माने र मोहक्कद सलाहले गोल गरे । घरेलु टोलीका स्टेफन ओडेले सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै फाविन्होको पासमा ओक्सलेड चेम्वरलेनको गोलबाट लिभरपुल अघि बढेको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले ५७औं मिनेटमा अग्रता दोब्बर पार्यो । ५७औं मिनेटमा चेम्वरलेनले रोवर्टाे फिर्मिनोको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७७औं मिनेटमा साडियो मानेले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए । त्यसको १० मिनेटपछि मानेको पासमा सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए ।

त्यसको एक मिनेटपछि स्टेफन ओडेले गोल गरेपनि जिन्कलाई खेलमा फर्कन ढिला हुदा लिभरपुल ४–१ ले विजयी रहन सफल भयो । जितसँगै समूह ‘ई’ मा लिभरपुल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित जिन्क १ अंकसहित पुछारमा छ ।

यही समूहको अर्काे खेलमा इटालियन क्लब नेपोलीले अष्ट्रियन क्लब साल्जवर्गमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । नेपोलीको जितमा ड्रिएस मेर्टिन्सले दुई तथा लारेन्जो इनसिग्नेले एक गोल गरे । साल्जवर्गका अर्निङ ब्राउट हल्यान्डले दुवै गोल गरे । जितसँगै नेपोली ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा तथा साल्जवर्ग ३ अंकससहित तेस्रो स्थानमा छ ।

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.