default_image

5 years ago

October 24, 2019

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि सहज जित निकालेको छ । स्टेडियो गुइसेप्पी मिज्जा मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टर मिलानले डर्टमन्डमाथि २–० को सहज जित हात पारेको हो । इन्टरको जितमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र एन्टेनियो क्यानड्रेभाले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको २२औं मिनेटमा लोउटारो मार्टिनेजको […]

38 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि सहज जित निकालेको छ । स्टेडियो गुइसेप्पी मिज्जा मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टर मिलानले डर्टमन्डमाथि २–० को सहज जित हात पारेको हो ।

इन्टरको जितमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र एन्टेनियो क्यानड्रेभाले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको २२औं मिनेटमा लोउटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । उनले स्टेफान डि भिरिजको पासलाई सदुपयोग गरेका थिए ।

एक गोलले पछि परेपछि पाहुना टोलीले घरेल टोलीमाथि बल पोजेसन राख्दै दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो । खेल सकिन १ मिनेट बाँकी रहँदा क्यानड्रेभाले गोल गर्दै इन्टर मिलानको जित पक्का गरे । त्यसअघि ८२औं मिनेटमा लोउटारो मार्टिनेजले पेनाल्टी चुकाएका थिए ।

जितसँगै समूह ‘एफ’ मा इन्टर ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि डर्टमन्ड तेस्रो स्थानमा छ । बार्सिलोना समूह ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । प्राहा १ अंक जोडेर पुछारमा छ ।

यो पनि पढ्नुहोस् :

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान

चेम्वरलेनको दुई गोलमा लिभरपुलको शानदार जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

स्लाभियामाथि बार्सिलोनाको कठिन जित

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.