default_image

5 years ago

October 26, 2019

एएफसी यू-१९ का लागि २७ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय यू-१९ फुटबल टोलीको दोस्रो चरणको छनोट सम्पन्न भएको छ । प्रशिक्षक मेघराज केसीले साफ यू-१८ च्याम्पियनसिपमा सहभागी खेलाडीसँगै अन्य नयाँ खेलाडी समेत थप्दै विगत २ सातायता प्रशिक्षण गरिरहेका थिए । २७ सदस्यीय टोलीमा साफ यू-१८ खेलेका अधिकांश खेलाडी छनोटबाट बाहिरिएका छन् । साफ […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय यू-१९ फुटबल टोलीको दोस्रो चरणको छनोट सम्पन्न भएको छ ।

प्रशिक्षक मेघराज केसीले साफ यू-१८ च्याम्पियनसिपमा सहभागी खेलाडीसँगै अन्य नयाँ खेलाडी समेत थप्दै विगत २ सातायता प्रशिक्षण गरिरहेका थिए । २७ सदस्यीय टोलीमा साफ यू-१८ खेलेका अधिकांश खेलाडी छनोटबाट बाहिरिएका छन् । साफ यू-१८ मा खराब प्रदर्शन गर्दै समुह चरणबाट बाहिरीपछि तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठसहितको प्रशिक्षण टोलीले राजीनामा दिएको थियो ।

अहिले टोलीलाई मेघराज केसीसँगै सहायक प्रशिक्षक प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षक उज्वल मानन्धरले प्रशिक्षण दिइरहेका छन् । साफ खेलेको टोलीबाट निराजन महर्जन, विकास खवास, योगेश गुरुङ असिम गुरुङ, दिनेश हेन्जन, अनिल महर्जन, राजीव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर नयाँ अनुहार हुन् । साफ खेलेको टोलीबाट मिडफिल्डर रोशन रानामगर, डिफेन्डर एन्जल महर्जन, फरवार्ड सचु गुरुङ लगायत खेलाडी टोलीमा अटेनन् ।

नेपाल रहेको एएफसी यू-१९ च्याम्पियनसिपको छनोटको समूह ‘डी’ मा आयोजक इरान, यूएई र किर्गिस्तान रहेको छ । नेपालले नोभेम्बर ६ मा यूएई, नोभेम्बर ८ मा इरान र नोभेम्बर १० मा किर्गिस्तान रहेको छ ।

२७ सदस्यीय टोली :

गोलरक्षक – विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना

डिफेन्डर – विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई. असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डर – दर्शन गुरुङ, शिशिर लेखि, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन, दिनेश हेन्जन

फरवार्ड – ब्रिजेश चौधरी, मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.