default_image

4 years ago

December 25, 2019

प्रधानसेनापति फुटबल उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीबीच प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको एक मात्र अपराजित नेपाल एपिएफ क्लबले आयोजक त्रिभुवन आर्मी क्लबबीच फाइनल खेल हुँदैछ । भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा फाइनल दिउँसो १ः३० बजे सुरु हुने नेपाली सेनाले जनाएको छ । अर्को विभागिय टोली […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीबीच प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको एक मात्र अपराजित नेपाल एपिएफ क्लबले आयोजक त्रिभुवन आर्मी क्लबबीच फाइनल खेल हुँदैछ ।

भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा फाइनल दिउँसो १ः३० बजे सुरु हुने नेपाली सेनाले जनाएको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–२ ले हराउँदै एपिएफ र भुटानको राष्ट्रिय टोलीलाई २–० ले हराउँदै आर्मीले एकअर्कासँगको भेट पक्का गरेका थिए ।

लिग चरणमा एपिएफ र आर्मी एकै समूहमा थिए । जहाँ एपिएफले आर्मीलाई ४–२ ले हराएको थियो । एपिएफले समूह चरणमा सिक्किम युनाइटेडलाई १८–० र प्रदेश १ लाई ९–० ले हराएको थियो । सोही समूहमा सिक्किमलाई १० –० ले हराएको आर्मीले प्रदेश १ लाई ९–० ले नै पराजित गरेको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछिन् ।

त्यस्तै उत्कृष्ट गोलकिपर, मिडफिल्डर, रक्षक, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् । सुरुवाती दुई संस्करण जित्न नसकेको एपिएफ लगातार ४ पटकको च्याम्पियन हो ।

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

Success

Thank you for your time.