6 years ago
January 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाले आफ्नै नाममा ‘सागर थापा स्काई गोल्स फुटसल ट्रेनिङ सेन्टर’ स्थापना गरेका छन् ।

महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा नै सागरले ‘सागर थापा स्काई गोल्स फुटसल ट्रेनिङ सेन्टर’ को सुरुवात गरेका हुन् । करिब एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त ट्रेनिङ सेन्टरमा ५ देखि १५ वर्ष उमेर समूहका खेलाडीहरुले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणमा ५ देखि १५ वर्षसम्मका खेलाडीहरुले विगत १ महिनादेखि नियमित प्रशिक्षण गरिरहेको र खेलाडीहरु बढ्दै गइरहेको प्रशिक्षक सागर थापाले जानकारी गराए ।
‘हामीले ग्रासरुटलाई फोकस गर्दै विगत एक महिनाअघिदेखि प्रशिक्षण सुरुवात गरेका हौं । साना बच्चाहरुमा खेलप्रति आकर्षण बढ्दो छ । साताको एक दिन प्रशिक्षण लिँदा पनि उनीहरु निकै उत्साहित छन्,’ प्रशिक्षक सागरले भने, ‘उनीहरुले राम्रो गरिरहेका छन् । उनीहरुको मिहेनत हेर्दा पछि राष्ट्रिय टोलीमा नै स्थान बनाउन सक्ने खालको छ । उनीहरुको इच्छा पनि राष्ट्रिय टोलीबाट खेल्ने सम्मको छ ।’

प्रशिक्षक थापाले ग्रासरुटलाई फोकस गर्दै ट्रेनिङ सेन्टरको स्थापना भएपनि बच्चाहरुलाई ग्याजेट्स (मोवाइल) बाट टाढा राख्ने उद्देश्य रहेको रहेको थपे । ‘पछिल्लो समय बच्चाहरु ग्याजेट्समा झुम्मिएका भेटिन्छन् । यो उनीहरुको लागि राम्रो होइन । नकरात्मक लाइफ स्टाइलबाट टाढा राख्नकै लागि नै ट्रेनिङ सेन्टर स्थापना गरेका हौै,’ सागरले भने, ‘राम्रो भयो भने नेपालकै लागि हुने हो । फुटसलकै माध्यमबाट ग्याजेट्सबाट टाढा रहेर केही गरोस् र राष्ट्रिय खेलाडी उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’
प्रशिक्षण हरेक साताको शनिबार चक्रपथ भाटभटेनीस्थित सागर थापा स्काई गोल्ज फुटसलमा बिहान १० देखि १२ बजेसम्म प्रशिक्षण हुने गर्दछ । अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्धपछि सागरले प्रशिक्षण केन्द्रको स्थापना गरेका हुन् । उनले औपचारिक रुपमा फुटबलमा प्रशिक्षकको रुपमा काम गर्न नपाएपनि प्रशिक्षण दिन भने थालेका हुन् । स्काइ गोल्समा सागरसँगै हरि लामा र रमेश सिन्केमानले प्रशिक्षण दिइरहेका छन् । रमेश घलेले को–अर्डिनेटरको रुपमा सहयोग गरिरहेका छन् ।
पछिल्लो समय फुटसलको लोकप्रियता पछिल्लो समय नेपालमा ह्वात्तै बढेको छ । देशभर २ सय भन्दा बढी फुटसल स्थापना भइसकेका छन् । फुटसल ट्रेनिङ सेन्टर पनि खुल्दै र खुल्ने क्रममा रहेका छन् ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]