default_image

4 years ago

January 5, 2020

आयोजकलाई त्रिवेणी कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युथ क्लब ‘हरियो’ ले २८ औं त्रिवेणी कप खुला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंको श्रीभवगी युथ क्लब टोखालाई १–० ले हराउँदै आयोजकको हरियो टोली उपाधि जितेको हो । सदरमुकाम बेसिसहरस्थित सहजी खेल मैदानमा विदेशी खेलाडी ग्लोरीले ३५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो […]

36 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युथ क्लब ‘हरियो’ ले २८ औं त्रिवेणी कप खुला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंको श्रीभवगी युथ क्लब टोखालाई १–० ले हराउँदै आयोजकको हरियो टोली उपाधि जितेको हो ।

सदरमुकाम बेसिसहरस्थित सहजी खेल मैदानमा विदेशी खेलाडी ग्लोरीले ३५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । शनिबार आयोजक त्रिवेणीले समाज कल्याण युवा क्लब नयाँ बजार काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यस्तै श्री भवगतीले सामना युवा क्लब तुरतुरे तनहूँलाई ३–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । त्रिवेणीका पासाङ लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै त्रिवेणीकै आकाश रानाभाट उत्कृष्ट गोलकिपर, श्री भगवतीका अनिल तामाङ उत्कृष्ट रक्षक, सोही क्लबका युवराज ढकाल उत्कृष्ट मिडफिल्डर चुनिए । भोटे ओडारका सन्दीप राना मगर प्रतियोगिताको उच्च गोलकर्ता बने । विजेता आयोजक हरियाले उपाधिसहति ३ लाख रुपैयाँ प्राप्त गर्यो । श्री भगवतीले हुने १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल पुगेका समाज कल्याण र सामनाले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनल पुग्ने टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टोलीले१० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.