6 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको तेस्रो दिन आज दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।
दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र रुस्लान थ्री स्टार क्लबबीच मध्यान्ह १२ बजे प्रतिस्पर्धा हुनेछ । च्यासल युथ क्लब र विभागीय नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे एक अर्कोको सामना गर्दैछन् ।
उपाधि दाबेदारीलाई यथावत राख्न थ्री स्टारलाई जितको आवश्यकता छ । दुवै टोली जित्ने लक्ष्यमा नै मैदान उत्रनेछ ।गतवर्ष राष्ट्रिय खेलाडीले भरिएको थ्री स्टारले बीबीसीलाई ५–१ को भारी अन्तरले पराजित गरेको थियो । तर, यसपटक थ्री स्टार युवा खेलाडीलाई विश्वास गर्दै लिग खेलिरहेको छ । थ्री स्टारले लिगमा औसतको प्रदर्शन गरिरहेको छ ।
थ्री स्टार भने बीबीसीलाई हराउँदै पुरानै लयमा फर्कन चाहन्छ । थ्री स्टार चौथो चरणमा आर्मीसँग २–० ले पराजित भएको थियो । पहिलो खेलमा जावलाखेल युथसँग गोलरहित बराबरीमा रोकिएको थ्र्रीस्टारले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई तथा एपीएफलाई १–० ले पराजित गरेको थियो ।
यू–१९ राष्ट्रिय टिमका पुर्व मिडफिल्डर तथा फरवार्ड शिव सुवेदीको आगमनले थ्री स्टारको अग्रपङ्ति बलियो हुने आँकलन गरिएको छ । भारतीय सैनिकमा रहेका शिवलाई थ्री स्टारले दुई दिन अघि मात्रै क्लबमा अनबन्धित गरेको थियो । थ्री स्टार ७ अंकसहित पाँचौं स्थानमा छ ।
यता, अधिकांश पुरानै खेलाडी र केही अनुभवी र भेट्रान खेलाडी समावेश गरेर सन्तुलित टिम बनाएको बीबीसी अघिल्लो सिजन थ्री स्टारसंग ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ । बीबीसीले हिमालयन शेर्पालाई १–० ले तथा फ्रेन्ड्सलाई २–० ले पराजित गरेको छ । मछिन्द्रसँग २–० ले तथा मनाङसँग १–० ले पराजित भएको थियो । बीबीसी ६ अंकसहित सातौं स्थानमा छ ।
आज सन्तोषले सय गोल पुर्याउलान ?
ठीक उल्टो लिगको सुरुवाती दुई खेलमा प्रभावशाली जित निकालेको च्यासलले तेस्रो खेलबाट लय गुमाएको छ । यता, पुलिसले औसत शुरुवात गरेपछि पछिल्लो दुई खेलमा जित निकाल्दै पुलिस जितको लयमा फर्किएको छ ।
सन्तोष साहुखलको शतक गोलको प्रतीक्षामा रहेको च्यासलको पछिल्लो प्रर्दशन अपेक्षित छैन । सन्तोषले सुरुवाती खेलमा च्यासललाई जित दिलाउँदै घरेलु लिग फुटबलमा शतक गोलको नजिक पुगेका छन् । सुरुवाती २ खेलमा ३ गोल गर्दै सय गोलको नजिक पुगेका सन्तोष पछिल्लो २ खेलमा गोल विहिन छन् ।
तर विपक्षी टिम सन्तोषको सय गोलमा रोक्न केन्द्रित हुँदा च्यासलमाथि दबाब थपिएको छ । अन्य खेलाडी त्यसको फाईदा उठाउन सकिरहेका छैनन् । दुवै टिम जितका लागि नै मैदानमा उत्रनेछ । पुलिस तेस्रो तथा च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासललाई भने पुलिससँग गत बर्ष लिगमा ब्यहोरेको हारको बदला लिने अवसर छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]