default_image

5 years ago

January 16, 2020

कप्तान डिबाला चम्कँदा युभेन्टसको फराकिलो जित

83 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन कप अन्तर्गत बुधबारको खेलमा युभेन्टसले उडीनेजेलाई ४-० ले पराजित गरेको छ । युभेन्टसको जितमा कप्तानको भूमिकामा रहेका डिबालाले २ गोल र १ असिस्ट प्रदान गरे ।

खेलको १५ औं मिनेटमा नै युभेन्टसले गोन्जालो हिगुआइनको गोलमा अग्रता लिएको थियो । उडीनेजेको मिडफिल्डको मध्यभागबाट सुरु भएको मुभलाई डिबाला र हिगुआइनले उत्कृष्ट पास दिँदै गोल सम्भव बनाएका थिए । यी दुईले एक अर्कासँग लगातार १-२ पास खेल्दै उडिनेजेको मिडफिल्ड र डिफेन्सलाई नै छक्याएका थिए ।

त्यसको केहिबेरमा नै युभेन्टसले पेनाल्टीको अवसर पायो । उडीनेजेका गोलरक्षक निकोलसले पेनाल्टी क्षेत्रभित्र फेडेरिको बर्नार्डेस्कीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई डिबालाले सहजै गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । फरवार्ड क्रिस्टियानो रोनाल्डो बिरामी भएका कारण अनुपस्थित रहेको खेलमा डिबालाले उत्कृष्ट प्रदर्शन गरे ।

दोस्रो हाफको सुरुवातमै युभेन्टसले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड करार दिए । माथिस डे लिग्टको प्रहार गोलरक्षकले रोकेपछि रिबाउन्डमा हिगुआइनले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले डे लिग्टले पास पाउने बेलामा नै अफसाइड रहेको देखाएपछि गोलले मान्यता पाएन ।

डिबालाले ५८ औं मिनेटमा युभेन्टसलाई सहज जिततर्फ उन्मुख गराए । उनले हिगुआइनको पास लिएपछि पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट गोल गरे । अनमार्क रहेका डिबालाले दायाँ भागबाट गरेको प्रहारले गोलरक्षक निकोलसलाई बिट गर्न सफल रहयो ।

उडीनेजेका डिफेन्डर ब्राम न्युटिन्कले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि रेफ्रीले युभेन्टसलाई पुन: पेनाल्टी दिए । डिबालाले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले पेनाल्टी डग्लस कोस्टालाई दिए । कोस्टाले सहजै गोल गर्दै ४-० को फराकिलो अग्रता दिलाए ।

खेलको अन्तिम समयमा युभेन्टसले अर्को गोल गर्ने अवसर गुमायो । डिफेन्डर ड्यानीएल रुगानीको प्रहार पोस्टमा लाग्दा उडीनेजे जोगिएको थियो । यस जितसँगै युभेन्टस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब बिहीबार हुने रोमा र पार्माको विजेताले युभेन्टसको सामना गर्नेछ ।

बुधबार भएको अन्य खेलमा फिओरेन्टिनाले एटलान्टालाई २-१ ले पराजित गर्यो । प्याट्रिक कुट्रोनेले ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । जोसिप इलिचिचले एटलान्टाका लागि बराबरी गोल गरे । खेलको ६ मिनेट बाँकी रहँदा पोल लिरोलाको गोलमा फिओरेन्टिना जित हासिल गर्न सफल रहयो ।

यस्तै अर्को खेलमा मिलानले एसपीएएल माथि ३-० को सहज जित दर्ता गर्यो । मिलानले घरेलु मैदानमा क्रिस्टोफ पियाटेकको गोलमा अग्रता लिएको थियो । ४४ औं मिनेटमा पियाटेककै गोलमा सामु कास्टिलेजोले मिलानको अग्रता दोब्बर पारे । ६६ औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानको जित पक्का भएको थियो ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.