default_image

4 years ago

January 17, 2020

हिमालयन शेर्पासँग शीर्षस्थानको मछिन्द्र स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ । पहिलो हाफकै अग्रतालाई जोगाउँदै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको छ । पिटर सेगुनको आत्मघाती गोलबाट […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ ।

पहिलो हाफकै अग्रतालाई जोगाउँदै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको छ । पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका लागि विजय श्रेष्ठले २० औं मिनेटमा गोल गरेका थिए । निरज बस्नेतको फ्रिकिकमा विजयले हेडमार्फत गोल गरेका थिए ।

लिगको सातौं चरणको यो पहिलो खेल हो । लगातारको वर्षाका कारण एन्फाले आजको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो । सातौं चरणको पहिलो खेलमा आइपुग्दा अब अपराजित एक मात्र टोलीका रुपमा मनाङ मस्र्याङ्दी क्लब रहेको छ ।

बाँकी सबै टोली पराजित भएका छन् । सातौं खेलमा आएर पहिलो जित दर्ता गरेको शेर्पाको खातामा अब ६ अंक पुगेको छ । मछिन्द्रको ७ खेलमा ४ जित र २ बराबरी र १ हार सहित १३ अंक छ । अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ ।

मछिन्द्रको हारले त्रिभुवन आर्मी क्लब, मनाङ, रुस्लान थ्री स्टारलाई फाइदा पुग्न सक्छ । आर्मीको १३ अंक छ । मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.