default_image

4 years ago

January 23, 2020

रियलको जितमा बेलको गोल

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । रियालले तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६  मा पुग्न सफल भएको हो । रियालको जितमा वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे । एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो । […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । रियालले तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६  मा पुग्न सफल भएको हो ।

रियालको जितमा वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे । एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो । सालामान्काका अल्भरो रोमेरोले गरेको गोल सान्त्वना बन्यो । खेलका १८औं मिनेटमा बेलले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाएका थिए ।

बेलले सेप्टेम्वरपछि रियालका लागि पहिलो गोल गर्न सफल भएका हुन् । मार्सेलोको क्रसलाई सालामान्काका डिफेन्डर गोन्गोराले राम्रोसँग क्लियर गर्न नसकेको बललाई बेलले क्लोज रेन्जमा गोल गर्न सफल भएका थिए ।

५७औं मिनेटमा सालामान्काले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । अल्भेरो रोमेरोले बराबरी गोल गरेका थिए । ६२औं मिनेटमा जुवान गन्गोराले आत्मघाती गोल गरेपछि रियालले खेलमा पुन २–१ को अग्रता लिन सफल भयो ।

मार्सेलोको ओभरल्यापमा गएर क्रस गरेको बललाई ब्राहिम डियाजले नभेटेपनि गन्गोराले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।  इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्यासमिरोको पासमा डियाजले गोल गर्दै रियाललाई ३–१ को जित दिलाए ।

अन्य नतिजा

बादालोनाविरुद्ध ग्रानडा (१–)

जिरोनाविरुद्ध भिल्लारियाल (०–)

लगरोन्सविरुद्ध भ्यालेन्सिया (०–)

रियाल सोसिडाडविरुद्ध इस्पान्योल (–०)

टिनररिफविरुद्ध रियल भालाडोलिड (–१)

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.