default_image

4 years ago

January 23, 2020

लेस्टर र टोटेनहम विजयी, युनाइटेड स्तब्ध

एजेन्सी – लेस्टर सिटी र टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेड बर्नलीसँग स्तब्ध बनेको छ । घरेलु टोली लेस्टरले वेस्टह्याममाथि ४–१ को जित निकालेको हो । लेस्टरको सानदार जितमा एयोजी पेरेजले दुई तथा हार्वे वारर्नेस र रिकार्डाे पेरेजले गोल गरे । वेस्टह्यामका मार्क नोब्लीले सान्त्वना गोल फर्काए । जितसँगै लेस्टर ४८ […]

39 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटी र टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेड बर्नलीसँग स्तब्ध बनेको छ । घरेलु टोली लेस्टरले वेस्टह्याममाथि ४–१ को जित निकालेको हो ।

लेस्टरको सानदार जितमा एयोजी पेरेजले दुई तथा हार्वे वारर्नेस र रिकार्डाे पेरेजले गोल गरे । वेस्टह्यामका मार्क नोब्लीले सान्त्वना गोल फर्काए ।
जितसँगै लेस्टर ४८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वेस्टह्याम २३ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यस्तै टोटेनहम हट्सपरले नर्विच सिटीमाथि २–१ को संघर्षपूर्ण जित आत्मसाथ गरेको छ । डेली अलीले ३८औ मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । टिमु पुक्कीले ७०औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ७९ औ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई महत्वपूर्ण जित दिलाए ।

जितसहित टोटेनहम ३४ अंक जोडेर तालिकाको छैटौ स्थानमा उक्लिन सफल भएको छ । टोटेनहमले पाँचौ स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको हो । नर्विच १७ अंकसहित पुछारमा यथावत छ ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–० ले स्तब्ध बनेको छ । क्रिस उड र जय रोडिग्वेजले गोल गरेपछि ओल्ड ट्राफोर्डमा बर्नलीले घरेलु टोलीमाथि शानदार जित निकालेको हो । हारसँगै प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाब थपिएको छ ।

३९औं मिनेटमा उडले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाए । ५६औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै बर्नलीको जित सुनिश्चित गरे ।
हारसँगै युनाइटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछि परेको छ । युनाइटेडको ३४ अंक छ । युनाइटेडलाई पराजित गरेको बर्नली ३० अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.