default_image

4 years ago

January 26, 2020

नवौं चरणमा थ्री स्टार र मछिन्द्र भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरण समाप्तीमा आइपुग्दा अंकतालिका रोमाञ्चक बनेको छ । त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई स्पष्ट ३ अंकले पछि पार्ने मौका गुमाएपछि लिग थप रोमाञ्चक मोडमा आइपुगेको छ । शनिबार न्यू रोड टिम (एनआरटी) सँग गोलरहित […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरण समाप्तीमा आइपुग्दा अंकतालिका रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई स्पष्ट ३ अंकले पछि पार्ने मौका गुमाएपछि लिग थप रोमाञ्चक मोडमा आइपुगेको छ ।

शनिबार न्यू रोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिएपछि आर्मीले मछिन्द्र र मनाङसँग १ अंकको अग्रतामा चित्त बुझाउनु परेको छ । शीर्षस्थानको आर्मीको १७ अंक छ भने समान १६ अंक भएपनि गोलअन्तरमा मछिन्द्र दोस्रो र मनाङ तेस्रोमा छ ।

रुस्लान थ्री स्टार क्लब १४ अंकका साथ शीर्ष ३ टोलाई पछ्याइरहेका छन् । संकटा, जावलाखेल र एनआरटीको समान १२ अंक छ । यस्तोमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवौं र दसौं चरणा खेलको तालिका सार्वजनिक गरेको छ ।

यी दुई चरणले लिगमा रोमाञ्चकता पक्कै थप्ने छ नै । १३ चरण सम्म चल्ने लिगमा अब ९ चरणका खेल मात्र बाँकी रहेका छन् । आठौं चरण सकिदा शीर्ष टोलीकाबीच फरालिको अग्रता नभएकाले लिगका बाँकी चरण पनि रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

एक दिनको विश्राम पछि सोमबारबाट पुनः सुरु हुँदा दुई महत्वपूर्ण प्रतिस्पर्धा हुनेछ । उपाधि दौडमा केहि कमजोर रहेपछि पुलिस र एपिएफ (१३ औं स्थान) बीचको प्रतिस्पर्धा सधै हेर्न लायक नै हुन्छ । लिगको प्रतिस्पर्धासँगै विभागिय डर्बीमा प्रतिष्ठानको लडाई पनि जोडिएको हुन्छ ।

त्यसअर्थ त्यो खेल हेर्न लायक हुनेछ । एपिएफलाई भने रेलिगेसन क्षेत्रबाट अलि माथि उठ्नका लागि मौका हुनेछ । सोहि दिन हुने अर्को खेल मछिन्द्रले उपाधि दौडलाई थप मजबुद बनाउने वा थ्री स्टारले शीर्ष टोलीलाई दबाब दिने अर्थमा रोमाञ्चक हुनेछ । मछिन्द्र यो सिजन सबैभन्दा बढी स्टारले भरिएको टोली हो । त्यसको दाजोमा थ्री स्टारको टोली औसत रहेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले आठौं चरणमा जावलाखेलको सामना गर्नेछ । जावलाखेलले पनि एकरुप प्रदर्शन गर्दै १२ अंक जोडिसकेको छ । आर्मीले जवालखेललाई पनि कमजोर आक्ने छैन । त्यसअघि सोही दिन एन्फामा हिमालयन शेर्पा र सरस्वतीले प्रतिस्पर्धा गर्दै अंक तालिकामा स्थान सुधार्ने मुख्य लक्ष्य हुनेछ ।

माघ १५ गते हुने एकमात्र खेलमा मनाङ र संकटाबीच हुनेछ । एन्फा कम्प्लेक्समा हुने त्यो खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । मनाङलाई शीर्षस्थानमा उक्लन र अपराजित यात्रालाई कायम राख्न पनि त्यो खेल महत्वपूर्ण हुन्छ । संकटाले पनि शीर्ष टोलीमाथिको दबाब बढाउनका लागि जितका लागि हरसम्भव प्रयास पक्कै गर्नेछ ।

आठौं चरणको अन्तिम दिन माघ १६ गते च्यासल र फ्रेन्ड्स तथा एनआरटी र बिबिसीबीच हुनेछ । यी चारै टोलीको लक्ष्य शीर्ष ६ भित्र पर्ने भएकाले यी खेल पनि प्रतिस्पर्धात्मक हुनेछन् ।

कुनै अप्रत्याशित कारणवस लिग रोकिएन भने माघ १८ गतेबाट लिगका नवौं चरण खेल हुनेछन् । त्यो चरणका ४ खेल दशरथ रंगशाला र ३ खेल एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ । माघ १८ गते दुई रोमाञ्चक प्रतिस्पर्धाको आशा गर्न सकिन्छ ।

रेलिगेसनको सबैभन्दा बढी दबाबमा रहेको सरस्वतीले थ्री स्टारको सामना गर्दा उपाधि दौडमा रहेको मछिन्द्रले विभागिय टोली एपिएफको सामना गर्नेछ । माघ १९ गते रंगशालामा अर्का दुई विभागिय टोली पुलिस क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

यसपटक पुलिस केहि कमजोर जस्तो देखिएपनि समग्रमा घरेलु फुटबलमा आर्मीमाथि पुलिस हावी हुँदै आएकोले पनि त्यो खेल अर्थ पूर्ण हुनेछ । माघ २० गते अर्को रोचक खेलमा मनाङले च्यासलको सामना गर्नेछ ।

लिगको नवौं र दसौं चरणका खेल तालिका

माघ १३ गते –   पुलिसविरुद्ध एपिएफ १२ः०० बजे, दशरथ रंगशाला

मछिन्द्रविरुद्ध थ्री स्टार ३ः०० बजे, दशरथ रंगशाला

माघ १४ गते-  शेर्पाविरुद्ध सरस्वती १२ः०० बजे, एन्फा कम्प्लेक्स

जावलाखेलिविरुद्ध आर्मी ३ः०० बजे, एन्फा कम्प्लेक्स

माघ १५ गते-  मनाङविरुद्ध संकटा ३ः०० बजे, एन्फा कम्प्लेक्स

माघ १६ गते – फ्रेन्ड्सविरुद्ध च्यासल १२ः०० बजे, दशरथ रंगशाला

एनआरटीविरुद्ध बिबिसी ३ः०० बजे, दशरथ रंगशाला

माघ १७ गते विश्राम

माघ १८ गते – थ्री स्टारविरुद्ध सरस्वती १२ः०० बजे, दशरथ रंगशाला

एपिएफविरुद्ध मछिन्द्र ३ः०० बजे, दशरथ रंगशाला

माघ १९ गते – शेर्पाविरुद्ध संकटा १२ः०० बजे, दशरथ रंगशाला

पुलिसविरुद्ध आर्मी ३ः०० बजे, दशरथ रंगशाला

माघ २० गते – जावलखेलविरुद्ध बिबिसी १२ः०० बजे, एन्फा कम्प्लेक्स

मनाङविरुद्ध च्यासल ३ः०० बजे, एन्फा कम्प्लेक्स

माघ २१ गते – एनआरटविरुद्ध फ्रेन्ड्स ३ः०० बजे, एन्फा कम्प्लेक्स

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.