default_image

4 years ago

January 27, 2020

नेयमारको दुई गोलमा पीएसजी विजयी

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लिललााई पराजित गरेको छ । पीएसजीले लिललाई २–० ले पराजित गरेको हो ।  जितसँगै पीएसजी लिग वानको उपाधितर्फ अग्रसर भएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १० अंकले पछि पारेको छ । पीएसजीको २१ खेलबाट ५२ अंक छ । […]

34 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लिललााई पराजित गरेको छ । पीएसजीले लिललाई २–० ले पराजित गरेको हो । 

जितसँगै पीएसजी लिग वानको उपाधितर्फ अग्रसर भएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १० अंकले पछि पारेको छ । पीएसजीको २१ खेलबाट ५२ अंक छ । समान खेलबाटै मार्सेलीको ४२ अंक छ । पराजित लिल ३१ अंक जोडेर सातौ स्थानमा छ ।


लिलको मैदानमा पीएसजीको जितमा नेयमारले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे । खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पीएजीले २८औं मिनेटमा गोलको खाता खोलेको थियो । थोमस म्युनियरको पासलाई नियन्त्रणमा लिँदै मार्काे भेराटीसँगको वान टु वान पासमा नेयमारले गोल गर्न सफल भएका थिए ।

त्यसअघि खेलो नवौं मिनेटमा घरेलु टोलीले अग्रता लिने अवसर खेर फालेको थियो । एराउजोको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले पञ्च गर्दै बचाएका थिए । ३७औं मिनेटमा लिलका रेइनिल्डोले मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

४८औं मिनेटमा केलियन एमबाप्पे चुक्दा पीएसजी अग्रता दोब्बर बनाउनबाट चुक्यो । लगत्तै प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । एमबाप्पेको प्रहारलाई लिलका गोलरक्षक मिके मेइगनाले बचाउनुअघि ग्याब्रिएलले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेका थिए । त्यसमै नेयमारले गोल गर्न सफल भए ।

उनले आफ्नो दोस्रो गोल बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टमा समपर्ण गरे । ४१ वर्षीय कोबी ब्रायन्टको आइतबार क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । हेलिकप्टरमा कोबीसहित उनको १३ वर्षीय छोरी जियाना र हेलिकप्टरमा रहेका ९ जना यात्री नै जीवित नरहेको स्थानीय पुलिसले जानकारी दिएको छ ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा घरेलु टोलीका लोइक रेमीले गोल गरेपनि अफसाइड भए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–० ले विजयी हुन सफल भयो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.