default_image

4 years ago

January 29, 2020

बालगोपालको कप्तानीमा सिएमजीले भेट्रान्स खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने छैटौं भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा भाग लिने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बालगोपाल महर्जनको कप्तानीमा सिएमजीले च्याम्पिनसिपमा भाग लिने लागेको हो । १८ खेलाडी र २ अफिसियलसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठलगायतका खेलाडी […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने छैटौं भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा भाग लिने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बालगोपाल महर्जनको कप्तानीमा सिएमजीले च्याम्पिनसिपमा भाग लिने लागेको हो ।

१८ खेलाडी र २ अफिसियलसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठलगायतका खेलाडी रहेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सहायक प्रशिक्षकका रुपमा रहेका पूर्व राष्ट्रिय खेलाडी राजेश मानन्धर प्रशिक्षक र फुटबल प्रशिक्षक जयकृष्ण श्रेष्ठ टोलीको व्यवस्थापक रहेका छन् ।

पूर्व राष्ट्रिय खेलाडी एवंम ए डिभिजन लिग समितिका संयोजक विज्ञानराज शर्मा, सिएमजी क्लबका निर्देशक नरेन्द्र शाह अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष समेत रहेका राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले टोलीलाई शुभकामना दिदै को विदाई गरेका थिए ।

च्याम्पियनसिपमा नेपालले लगातार भाग लिदै आएपनि टोली सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । यसपटक उपाधि जितेर फर्कने लक्ष्यका साथ जान लागेको कप्तान महर्जनले बताए । बिहीबारदेखि सुरु भइ आइतबार सम्म चल्ने च्याम्पियनसिपमा १२ टोलीको सहभातिगा रहेको छ ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहको शीर्ष टोली र ३ समूहको उत्कृष्ट उपविजेता सेमिफाइनलमा पुग्नेछ । सिएमजीले कोलकतासँग प्रतिस्पर्धा गर्दै च्याम्पियनसिपको यात्रा थाल्नेछ । युनाइटेड ब्रदर्श क्लबसँग दोस्रो खेल खेल्ने सिएमजीले समूहको तस्रो तथा अन्तिम खेल सिक्किम सँग खेल्नेछ ।

टोलीलाई शुभकामना दिदै सिएमजी क्लबका निर्देशक शाहले उपाधि जितेर फर्कन टोलीलाई शुभकामना दिए । त्यो सँगै उनले भविष्यमा त्यस्ता च्याम्पियनसिप नेपालमै आयोजना गर्न सुझाव दिए । उनले भने,‘ यस्तो च्याम्पियनसिप हामी यहि आयोजना गरौं । हामीले सक्ने सहयोग गर्नेछौं ।’

एन्फा उपाध्यक्ष सिंहले विगतमा आफ्नै कप्तानीमा सिएमजीले गुवाहाटीको च्याम्पियनसिप खेलेको स्मरण गर्दै यसले दक्षिण एसियाका आफ्ना समाकालिन खेलाडीसँग पूर्नमिलनको अवसर हुने बताए । उनले भने,‘ भेटघाट पनि हुने । अनि आफु स्वस्थ रहन पनि यस्ता प्रतियोगिताले मद्दत गर्छन् । सफलताको कामना ।’

कप्तान महर्जनले सिएमजी र त्यसका निर्देशक शाहले खेलकुदलगायत समाजिक काम गर्नुपरेको खुलेर प्रशंसा गरेका थिए । ‘ खेलकुद विकासमा उहाँहरुको ठूलो भूमिका रहेको छ,’ उनले थपे,‘ खेलकुदलगायत साभाजिक क्षत्रमा पनि उहाँहरुले गर्नु भएको काम सराहानिय छ । ’

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.