default_image

4 years ago

February 1, 2020

फ्रेन्ड्सलाई कृषि विकास बैंकको साथ

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कृषि विकास बैंकले ‘ए’ डिभिजन लिग क्लब ललितपुर कुपन्डोलको एनआइबिएल फ्रेन्ड्स क्लबलाई प्रायोजन गरेको छ । बैंकले फ्रेन्ड्सलाई एक वर्षको लागि सह–प्रायोजन गरेको हो ।

सह–प्रायोजन बापत बैंकले क्लबलाई ५ लाख रुपैया उपलब्ध गराउनेछ । सम्झौतामा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्याय र क्लबका अध्यक्ष राजीव पौडेलले हस्ताक्षर गरे । सम्झौतापछि बैंकका सिइओ उपाध्ययले थप ५ लाख पनि उपलब्ध गराउने घोषणा गर्दै आगमी दिनमा मुख्य प्रायोजक बन्न सकिने र क्लबको सम्पुर्ण कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौता कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र उपमहाप्रबन्धक प्रताप् सुबेदीको उपस्थिति रहेको थियो । सोही अवसरमा सिइओ उपाध्ययले कृषि विकास बैंक र फ्रेण्ड्स क्लबको लोगो अंकित जर्सी टिम म्यानेजर रबिन ब्यन्जनकारलाई हस्तान्तरण गरे । फ्रेन्ड्स लिगको १०औं चरणको खेल जारी रहँदा ९ खेलबाट ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.