default_image

4 years ago

February 5, 2020

लिभरपुल एफए कपको पाँचौ चरणमा

56 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । बुधबार राति रिप्ले खेलमा लिग वान क्लब श्रीउजवरी टाउनलाई १–० ले पराजित गर्दै लिभरपुल पाँचौ चरणमा पुग्न सफल भएको हो । 

घरेलु मैदानमा लिभरपुललाई पाँचौ चरणमा पुर्‍याउन दोस्रो हाफमा रो साउन विलियम्सले गरेको आत्मघाती गोल नै पर्याप्त बन्यो । श्रीउजवरीको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेको थियो । प्रतिस्पर्धात्मक दोस्रोमा दुवै टोलीले गोलको अवसर खेर फालेको थियो । ७५औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बनायो । निको विलियम्सको लामो पासमा रो साउन र गोलरक्षकबीच तालमेल नमिल्दा रो साउनले आत्मघाती गोल गर्न पुगेका थिए ।  त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै पाँचौ चरणमा प्रवेश गर्न सफल भयो ।

यस्तै रिप्ले खेलमै बर्मिङघमले कोभेन्ट्रीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाँचौ चरणमा पुग्न सफल भएको छ । निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा बर्मिङघमले बाजी मार्न सफल भयो ।

रिडिङले कार्डिफ सिटीलाई पेनाल्टी सुटआउटमै पराजित गर्दै पाँचौ चरणमा स्थान बनाउन सफल भयो । । निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

यस्तै डर्वीले नर्थह्याम्पटनलाई ४–२ ले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गर्न सफल हुदा न्यु क्यासलले अक्सफोर्ड युनाइटेडलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.