default_image

4 years ago

February 22, 2020

नेपोलीको पूनरागमन जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले पूनरागमन जित निकालेको छ । नेपोलीले घरेलु टोली ब्रेसियामाथि २–१ को पूनरागमन जित निकाल्न सफल भएको हो ।  ब्रेसियाको घरेलु मैदान स्टेडियो मारियो रिगामोन्टी ब्रेसियामा शुक्रबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने र फावियन रुइजले गोल गरे । घरेलु टोलीका जोन चान्सेलरले गरेको गोल सान्त्वना बन्यो । […]

27 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले पूनरागमन जित निकालेको छ । नेपोलीले घरेलु टोली ब्रेसियामाथि २–१ को पूनरागमन जित निकाल्न सफल भएको हो । 

ब्रेसियाको घरेलु मैदान स्टेडियो मारियो रिगामोन्टी ब्रेसियामा शुक्रबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने र फावियन रुइजले गोल गरे । घरेलु टोलीका जोन चान्सेलरले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २६औं मिनेटमा जोन चान्सेलरको गोलबाट ब्रेसियाले पहिलो हाफमा १–० को अग्रत बनाएको थियो । उनले सान्द्रो टोनालीको पासमा गोल गरेका थिए । तर, घरेलु टोलीले दोस्रो हाफमा त्यो अग्रतालाई जोगाउन सकेन ।

दोस्रो हाफमा नेपोलीले ४ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा अग्रता लिन सफल भयो । ५०औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एलिस माटेजुले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लोरेन्जोले सदुपयोग गरे ।

५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई खेलमा २–१ को अग्रता दिलाए । उनले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्द सफल भएको थियो । त्यसपछि पनि नेपोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा नेपोली २–१ ले विजयी बन्न सफल भयो ।

जितसँगै नेपोली २५ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.