5 years ago
February 22, 2020
हिमाल खरेल, झापा
सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब सताक्षी गोल्डकपमा मोफसलको पहिलो उपाधि भिडन्तमा आइतबार आमनेसामने हुँदैछन् ।
झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा थ्रि स्टारले लिगमा बेहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । लिगको नवौं चरणमा यी दुई टोली भिड्द मछिन्द्रले थ्रि स्टारलाई २–० ले हराएको थियो । उक्त हारसँगै थ्री स्टारको उपाधि सम्भावनामा पूर्णविराम लागेको थियो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि आफैंले जित्ने दावी गरे ।
लिग च्याम्पियन मछिन्द्रले यस प्रतियोगिताको सेमिफाइनलमा लिगकै उपविजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई हराउँदै उपाधि भिडन्तमा स्थान पक्का गर्यो । आफ्नो टिममा स्टार खेलाडी भएकाले त्यसको फाइदा उठाउने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताए । ‘ हाम्रो टिममा कुनै कमजोरी छैन । यसअघिको खेलमा देवेन्द्र तामाङ घाइते भएकाले सोचेअनुरुप प्रदर्शन भएन । फाइनलका लागि देवेन्द्र तयार भएपनि रञ्जित धिमाल घाइते भएकोले केही समस्या हुनसक्छ, ‘ कटुवालले भने ।
यता थ्री स्टारका प्रशिक्षक मेघरजा केसीले शतप्रतिशत जित निकाल्ने प्रयासमा रहेको बताए । हाल ६० प्रतिशतभन्दा बढी सफल भइरहेको भन्दै उनले फाइनल खेलमा बाँकी ४० प्रतिशत पूरा गर्ने दाबी गरे । लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि थ्रि स्टारले जितेर लैजाने उनले महत्वांकाक्षी विश्वास लिएका छन् ।
थ्रि स्टारका कप्तान विक्रम लामाले जित ९० मिनेटभित्रै निस्कन्छ भन्ने फुटबलमा नहुने भएकाले जितका लागि नै खेल्ने बताए । टिममा नयाँ खेलाडी भएकाले उनीहरुका लागि अवसरको रुपमा लिएको उनको भनाइ छ । मछिन्द्रका कप्तान विराज महर्जनले टिमका लागि फाइनल खेल महत्वपूर्ण रहेको बताए । फाइनल जित्दै दर्शकको पनि मन जित्ने दाबी गरे । ९० मिनेटभित्रै सफलता मिल्छ भन्ने फुटबलमा नहुने बताउँदै उनले मिहेनतमा ध्यान दिएर पाएको अवसरमा जित निकाल्ने मछिन्द्रको ध्येय रहेको कप्तान विराजले बताए ।
गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ द म्याचको १० हजार रहेको आयोजक क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]