default_image

4 years ago

February 24, 2020

टुसाल विजयी, मध्यपुर खुमलटारसँग स्तब्ध

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- टुसाल युथ क्लबले हद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी शुरुवात गर्दा मध्यपुर युथ एसोसिएसन खुमलटार युथ क्लबसँग स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा टुसालले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले पराजित गर्दा मध्यपुर खुमलटारसँग १–० ले स्तब्ध बनेको हो ।

 

टुसालको सहज जितमा रवि राई र प्रकाश भुजेलले गोल गरे । १३औंं मिनेटमा रविको गोलबाट टुसालले अग्रता बनाएको थियो । ७७औंं मिनेटमा प्रकाशले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसँगै टुसालले ३ अंक जोडेको छ ।

दिनको अर्काे खेलमा खुमलटार युथ क्लबले मध्यपुर युथ एसोसिएसनलाई १–० ले स्तब्ध पारेको छ । खुमलटारको जितमा महेश राईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै खुमलटारले महत्वपूर्ण ३ अंक जोड्दा मध्यपुर पहिलो खेलमा अंक गुमाउन बाध्य बन्यो ।

लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र सातदोबाटो युथ क्लब तथा दोस्रो खेलमा झम्सिखेल र रानी पोखरी कर्नर टिम (आरसीटी) बीच खेल हुनेछ । २३ चैतसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । बढी अंक जोड्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ । कम अंक जोड्ने टोली घटुवा हुनेछ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.