default_image

4 years ago

February 25, 2020

नेपोलीसँग सचेत बार्सिलोना

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज राति इटालियन क्लब नेपोलीले क्याटलान क्लब बार्सिलोनको को आतिथ्यता गर्दैछ । खेल नेपोलीको मैदानमा १ः४५ बजेपछि सुरु हुनेछ । यि दुई टोली च्याम्पियन्स लिगमा पहिलोपटक खेल्न लागेका हुन् । घरेलु टोली नेपोली बार्सिलोनालाई पहिलो लेगमा पराजित गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । इटालियन सिरी ‘ए’ […]

37 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज राति इटालियन क्लब नेपोलीले क्याटलान क्लब बार्सिलोनको को आतिथ्यता गर्दैछ । खेल नेपोलीको मैदानमा १ः४५ बजेपछि सुरु हुनेछ ।

यि दुई टोली च्याम्पियन्स लिगमा पहिलोपटक खेल्न लागेका हुन् । घरेलु टोली नेपोली बार्सिलोनालाई पहिलो लेगमा पराजित गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । इटालियन सिरी ‘ए’ मा पछिल्लो ३ खेलमा अपराजित रहँदै उच्च मनोवल बोकेको नेपोली सोही उच्च मनोबलका साथ घरेलु मैदानमा बार्सिलोनाविरुद्ध उत्रँदैछ । जेनारो गाटुसोको आगमनपछि नेपोलीको प्रदर्शनमा सुधार आएको छ ।

सिजनको सुरुवातमा कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा खेलेको नापोलीले खराब प्रदर्शन गरेको थियो । अहिले नेपोली सिरिएको छैटौं स्थानमा छ । पछिल्लो तीन खेलमा अपराजित रहेको नापोली बार्सिलोनाका लागि खतरा बन्न सक्नेछ । लोरेन्जो इन्सिग्ने, ड्रिएस मेर्टिन्स, फावियन र जियोभानी डि सेल्सोले बार्सिलोनाको रक्षापङ्तिलाई दुःख दिन सक्नेछन् ।

यता, ला लिगामा शीर्ष स्थानमा उक्लिएको बार्सिलोना नेपोलीमाथि अवे जित निकाल्दै अन्तिम आठको यात्रा सहज बनाउन चाहन्छ । सन् २०१४–१५ को सिजनमा च्याम्पियन बनेपछि बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा खासै प्रभाव पार्न सकेको छैन । तर, प्रशिक्षक क्वीके सेटिनको आगमनले बार्सिलोनामा नयाँपन देखिएको छ ।

नेपोलीका लागि भने मेस्सीलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । इवारविरुद्धको खेलमा मेस्सीले चार गोल गरेका थिए । फरवार्ड लुइस सुआरेज र औसमाने डेम्बेले इन्ज्युरीका कारण टिममा छैनन । अग्रपंक्तिमा मेस्सीलाई एन्टोइन ग्रिजम्यान र युवा प्रतिभा अन्सु फातीले साथ दिनेछन् । आकस्मिक अनुबन्धन मार्टिन ब्रेथवेइटले पनि नेपोलीविरुद्ध मौका पाउन सक्नेछन् ।

यि दुई टोलीले पछिल्ला ४ खेल खेल्दा बार्सिलोना हावी छ ।बार्सिलोनाले ३ खेलमा जित निकाल्दा एक खेल नेपोलीले आफ्नो पक्षमा पारेको छ । यि दुई टोलीले पछिल्लोपटक २०१९ अगस्ट ११ मा क्लब मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा बार्सिलोना ४–० ले वियजी भएको थियो ।

२०१९ मै क्लब मैत्रीपुर्णमा नै बार्सिलोना २–१ले विजयी भएको थियो । २०१४ को क्लब मैत्रीपुर्णमा नै नेपोलीले १–० को जित निकाल्दा २०११ को अर्काे क्लब मैत्रीपुर्ण खेलमा नेपोलीले ५–० को जित निकालेको हो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.