default_image

4 years ago

February 26, 2020

युभेन्टसलाई लियोनको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति फ्रेन्च क्लब लियोनले इटालियन जाइन्ट युभेन्टसो सामना गर्दै छ । खेल लियोनको मैदानमा बुधबार राति १ः४५ बजेपछि हुनेछ । यि दुई टोली २०१६ पछि पहिलोपट आमने समाने हुन लागेका हुन् । त्यतिबेला समूह चरणमा यि दुई टोलीले खेलेका थिए । पहिलो राउन्डमा युभेन्टस १–० ले […]

30 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति फ्रेन्च क्लब लियोनले इटालियन जाइन्ट युभेन्टसो सामना गर्दै छ । खेल लियोनको मैदानमा बुधबार राति १ः४५ बजेपछि हुनेछ ।

यि दुई टोली २०१६ पछि पहिलोपट आमने समाने हुन लागेका हुन् । त्यतिबेला समूह चरणमा यि दुई टोलीले खेलेका थिए । पहिलो राउन्डमा युभेन्टस १–० ले विजयी हुदा दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । यो सिजन फ्रेन्च लिग वानमा औसतको प्रदर्शन गरेको लियोन युभेन्टसलाई स्तब्ध पार्ने दाउमा हुनेछ । लियोनले युभेन्टसलाई हालसम्म पराजित गर्न सकेको छैन । त्यही हारको श्रृंखला तोड्ने लियोनको लक्ष्य हुनेछ ।

यता, युभेन्टस घरेलु टोलीलाई स्तब्ध पार्दै दोस्रो लेगलाई सहज बनाउने दाँउमा हुनेछ । युभेन्टससँग आधुनिक फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डो, पाउलो डिब्याला, जुवान कोर्डाडो, ड्यानिलो, जर्जियो चिलियानी, एलेक्स सान्द्रो र ब्लेइस म्याथुडी जस्त खेलाडी रहेको छ । रोनाल्डो नै टोलीको मुख्य हतियार हुनेछन् ।

हालसम्म लियोनसँग अपराजित रहेको युभेन्टस सोही नतिजा दोहोर्याउने दाउमा हुनेछ । हालसम्म यि दुई टोली ५ पटक आमने समाने हुदा युभेन्टसले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.