default_image

4 years ago

March 3, 2020

विक्रम खप्तड गोल्डकपको सर्वोकृष्ट

धनगढी (हाम्रो खेलकुद)- आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका फरवार्ड विक्रम सिंह ठकुरी मोफसलकै सर्वाधिक धनराशीको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको सर्वात्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताभर ५ गोल गरेका विक्रमले आयोजकलाई पहिलोपटक च्याम्पियन बनाउन फाइनलमा थ्री स्टाविरुद्ध निर्णायक गोल गरेका थिए । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उनले एक थान मोटरसाइकल हात पारेका […]

32 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका फरवार्ड विक्रम सिंह ठकुरी मोफसलकै सर्वाधिक धनराशीको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको सर्वात्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताभर ५ गोल गरेका विक्रमले आयोजकलाई पहिलोपटक च्याम्पियन बनाउन फाइनलमा थ्री स्टाविरुद्ध निर्णायक गोल गरेका थिए । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उनले एक थान मोटरसाइकल हात पारेका छन् । उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत चुनिए।

आयोजककै धनबहादुर थापा उत्कृष्ट रक्षक चुनिए । रुस्लान थ्री स्टारका पुर्ण चेम्जोङ उत्कृष्ट गोलरक्षक र थ्री स्टारकै सुशिल राई उत्कृष्ट मिडफिल्डर चुनिए । सुदूरपश्चिमका रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक तथा आयोजककै विष्णु चौधरी उदियमान खेलाडी घोषित भए । व्यक्तिगत विधाका उत्कृष्ट सबैले जनही १५–१५ हजार रुपैया प्राप्त गरे ।

र्वाेत्कृष्ट खेलाडी

विक्रम सिंह ठकुरी

उत्कृष्ट

गोलरक्षक – पुर्ण चेम्जोङ (थ्री स्टार)

डिफेन्डर – धन बहादुर थापा (सुदूर पश्चिम)

मिडफिल्डर – सुशिल राई (थ्री स्टार)

सर्वाधिक गोलकर्ता – विक्रम सिंह ठकुरी (सुदूर पश्चिम)

प्रशिक्षक – रोहित भण्डारी (सुदूर पश्चिम)

उदियमान खेलाडी – विष्णु चौधरी (सुदूर पश्चिम)

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.