5 years ago
March 3, 2020
हिमाल खरेल, बिर्तामोड
झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए ।
निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा कदार गिरी चयन भएका छन् । कार्की यसअघि वरिष्ठ उपाध्यक्षमा नै थिए भने गिरी झापा गोल्डकप स्थापनादेखि नै कोषाध्यक्षमा रहँदै आएका छन् । पौडेल र खनाल यसअघि सोही पदमा थिए ।
समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा, यादव पोखरेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल चयन भएक छन् । निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी विधानतः कार्यसमिति सदस्य हुनेछन् । गोल्डकपको संरक्षकमा जलकुमार गुरुङ र होम पाण्डे रहेका छन् ।
नयाँ नेतृत्व चयनको सर्वसम्मत प्रयासको पहल हुँदा नरेन्द्र बराल, प्रेम बस्नेत विजय र भूपाल बुढाथोकीले सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए । यसअघि साधारणसभाको उद्घाटन कार्यक्रममा मोफसलको प्रतिष्ठित गोल्डकप झापा गोल्डकपलाई संस्थागत रुपमा अघि बढाउन सफल भएको गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताएका छन् ।
नेतृत्व चयनसहितको साधारणसभामा बोल्दै अध्यक्ष गिरीले गोल्डकपलाई संस्थागत बनाउने क्रममा २५४ जना सदस्य बनाइएको जानकारी दिए । यो सदस्य संख्यालाई कम्तिमा एक हजार पुराउनुपर्नेमा उनको जोड छ । फ्यान क्लबको अवधारणाअनुरुप झापा गोल्डकपलाई विकसित गरिएको बताउँदै उनले आर्थिक रुपमा सबल बनाउन पनि प्रयत्न भइरहेको पनि सुनाए । उनले आफ्नो कार्यकालमा एक करोड रुपैयाँको अक्षयकोष खडा गर्ने लक्ष्य लिइए पनि हाल ३२ लाख रुपैयाँ बचत गर्न सकिएको साधारणसभामा जानकारी गराए ।
पुराना खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरणको थालनीले पनि फुटबल खेलको विकासमा फड्को मारेको उनको भनाइ थियो । त्यस्तै, जग्गादाता डोमालाल राजवंशीका नाति परिवारलाई पनि पुरस्कारसहित सम्मान कार्यक्रमले गोल्डकपको उचाइ थपिएको उनले सुनाए ।
अब झापा गोल्डकप आयोजना गरिँदा जिल्लाका १५ वटै पालिकामा पुराउने सोचलाई पूरा गर्न नयाँ कार्यसमितिलाई आग्रह पनि गरेका छन् ।
झापा ११ लाई ब्रान्डको रुपमा व्यवस्थित गर्दै सञ्चालन गर्न आग्रह गरेका उनले अब एकाडेमीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सम्भव भएसम्म सार्कस्तरीय टुर्नामेन्ट आयोजना गर्न सकेको खण्डमा भरपूर सहयोग जुटाउने उनले प्रतिबद्धता जनाएका छन् ।
झापा गोल्डकपको सदस्य संख्यामा बृद्धि गर्दै निःशुल्क हेर्ने व्यवस्था मिलाउन सके झापा गोल्डकप सबैका लागि अपनत्व हुने भन्दै उनले स्पोन्सरको सहयोगबाट प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गोल्डकपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा ११ र झापा गोल्डकपलाई आफ्नै ठानेर सहयोग गरे मोफसलमा फुटबल विकास हुनेमा आफू विश्वस्त रहेको बताए ।
साधारणसभामा गोल्डकपका सचिव गजेन्द्र पौडेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार गिरीको आर्थिक प्रतिवदेन पारित भएको थियो । साधारणसभाले झापा गोलडकपको पाँचौँ संस्करण आयोजना गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]