default_image

4 years ago

March 5, 2020

सिटी र लेस्टर क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

26 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटीले एफए कपको क्वाटरफाइनलमा स्थान पक्का गर्दा अर्काे प्रिमियर लिग क्लब टोटेनहम हस्टपर प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । 

बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डे र लेस्टर सिटीले बर्मिङहमलाई समान १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा टोटेनहम नर्विच सिटीसँग पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध हुदै एफए कपबाट बाहिरिएको हो ।

सिटीले घरेलु टोलीमाथि ८० प्रतिशत बल पोजेसन राखेपनि गोल गर्न हम्मे हम्मे परेको थियो । गोल गर्ने दर्जन बढी मौका गुमाएको सिटीले खेलको ५३औं मिनेटमा सर्जियो अगुइरोले गरेको गोल नै निर्णायक बन्यो ।  अर्काे खेलमा रिकार्डाे पेरेराले खेल सकिन ८ मिनेट बाँकी रहँदा गरेको गोल नै लेस्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

यस्तै टोटेनहम र नर्विचबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नर्विचका एडम उचे इडाह, मार्काे स्टेपेरमान र टोड क्यान्टवेलले गोल गर्दा केनी म्याक्लिनले गोल गर्न सकेनन् ।

टोटेनहमका इरिक डिएर र जियोभानी लो सेल्सोले मात्रै गोल गर्न सफल भए । इरिक लमेला, ट्रोए पारोट र गेड्सन फर्नान्डेले गोल गर्न सकेनन् । त्यसअघि खेलको १३औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा जान भर्टङहेनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा जोसिप डिर्मिकले बराबरी गोल फर्काए ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.