default_image

4 years ago

March 13, 2020

आर्सनल प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण

एजेन्सी – लन्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । अर्टेटामा देखिएको लक्षणसँगै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) को आकस्मिक बैठकले शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको जानकारी गराएको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफ […]

20 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो ।

अर्टेटामा देखिएको लक्षणसँगै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) को आकस्मिक बैठकले शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको जानकारी गराएको छ ।

अर्टेटाको सम्पर्कमा रहेको स्टाफ र खेलाडीहरुलाई पनि परिक्षण गरिदैछ । पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय लिनेछ ।

‘यो निकै निराशाजनक क्षण हो । निकै गलेको महसुस भएपछि मैले परिक्षण गरेको थिए । जति सक्दो चाँडो काममा फर्कनेछु ।’ ३७ बर्षे अर्टेटाले भने । अर्टेटाको परिक्षण पुष्टि भएसंगै ब्राईटन एक बिज्ञप्ती जारी गर्दै खेल नहुने बताएको थियो ।

हाम्रो मानिसका स्वास्थ र सर्वसाधारणको स्वास्थ्य प्राथमिकतामा छ । हामी यसैमा केन्द्रित छौ ।’ आर्सनलका प्रबन्ध निर्देशक विनय वेन्कटेशमले भनेका छन् । कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यानचेष्टर सिटीबीचको खेल स्थगित भएको थियो । बिहिबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भएको पुष्टि भएको छ । कोरोनाको कारण इंग्ल्यान्डमा १० जनाको मृत्यु भइसकेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.