default_image

4 years ago

March 18, 2020

च्याम्पियन्स र युरोपा लिगको फाइनल जुन अन्तिम साता

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल चार सातापछि गर्ने निर्णय गरेको छ । युइएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल चार साता पछि सारेको हो । युइएफएको […]

42 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल चार सातापछि गर्ने निर्णय गरेको छ ।

युइएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल चार साता पछि सारेको हो । युइएफएको मंगलबार बसेको भिडियो कन्फ्रेस बैठकले कोरोना भाइरसका कारण सबै प्रतियोगिताहरु सार्नुपरेको उल्लेख गरेको छ ।

नयाँ मिति अनुसार अब च्याम्पियन्स लिगको फाइनल २७ जुन २०२० मा टर्कीको इस्तानुबुलमा हुनेछ । युरोपा लिगको फाइनल २४ जुनमा पोल्यान्डमा हुनेछ । यसअघि नियमित तालिका अनुसार च्याम्पियन्स लिगको फाइनल ३१ मे र युरोपाको फाइनल २७ मे लाई तय भएको थियो ।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग चलिरहँदा चीनबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । त्यसपछि दोस्रो लेगका केही खेल चलिरहँदा युइएफएले खेललाई स्थगित गरेको थियो । केही खेलहरु खाली रंगशालामा समेत खेलाइएको थियो ।

कोरोनाकै कारण युइएफएको मंगलबारको बैठकले यही जुन–जुलाईलाई तय भएको युरोकप २०२० अर्काे वर्ष अर्थात २०२१ जुन–जुलाईमा गर्ने निर्णय गरेको छ । अहिले सम्पुर्ण खेल गतिविधि ठप्प भएको छ । इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेस लिगा, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान र इटालियन सिरी ‘ए’ का खेलहरु ४ अप्रिलसम्मका लागि स्थगित भएको छ । ४ अप्रिलपछि अर्काे निर्णय आउन सक्नेछ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.