default_image

4 years ago

March 18, 2020

रियलले बेललाई अर्काे सिजन नराख्ने

एजेन्सी – स्पेनिस महराथी रियल म्याड्रिडले आउदो समर सिजनमा आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई नराख्ने भएको छ । बेललाई यो सिजन स्थानान्तरण गर्ने नै रियलको लक्ष्य रहेको क्लबले जनाएको छ । रियलमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान र ग्यारेथ बेलबीचको सम्वन्ध राम्रो हुन सकेको छैन । […]

43 views

0 Bookmark

एजेन्सी – स्पेनिस महराथी रियल म्याड्रिडले आउदो समर सिजनमा आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई नराख्ने भएको छ । बेललाई यो सिजन स्थानान्तरण गर्ने नै रियलको लक्ष्य रहेको क्लबले जनाएको छ ।

रियलमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान र ग्यारेथ बेलबीचको सम्वन्ध राम्रो हुन सकेको छैन । त्यसैले पनि रियल बेललाई यो सिजनमा बेच्ने मनासयमा रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

वेल्सम्यान बेलले रियलमा लेजेन्ड क्रिस्टियानो रोनाल्डो नरहँदाको परिपुर्ति गर्न सकेका छैनन् । रोनाल्डो २०१८ मा रियल छाड्दै इटालियन क्लब युभेन्टस पुगेका थिए । तर, रोनाल्डो नहुँदा बेलले मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको क्लबको बुझाइ छ ।

खराब प्रदर्शनसँगै रियरलमा पहिलो रोजाईमा मौका नपाएपनि बेल चिनिया क्लबमा जाने योजना बनाएको थियो । तर, रियलले बेलको प्रस्तावलाई नकार्दै क्लबमै राखेको थियो ।

बेलले सेप्टेम्बर यता स्पेनिस ला लिगामा गोल गर्न सकेका छैनन् । उनले यसबीचमा जम्मा तीपटक मात्रै मौका पाएका छन् । केही खेलमा ३० वर्षे बेललाई पहिलो रोजाईमा मौका दिएपनि उनले प्रशिक्षक जिदानको मन जित्न सकेका छैनन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.