default_image

4 years ago

March 25, 2020

रियल र प्रिमियर लिगमा बेलको भविष्य अनिश्चित

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउँदो समरमा आफ्ना स्टार फरवार्ड ग्यारेथ बेललाई अन्यत्र पठाउने बताइसकेको छ । रियल छाडेपछि वेल्सम्यान बेलको यात्रा पुनः इंग्लिस प्रिमियर लिग नै हुने अनुमान गरिएको छ । तर, महँगो तलबका कारण बेलको प्रिमियर लिग यात्रा असम्भव जस्तै हुने भएको छ । ३० वर्षीय बेललाई अहिले कम्तीमा पनि एक सिजनको […]

30 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउँदो समरमा आफ्ना स्टार फरवार्ड ग्यारेथ बेललाई अन्यत्र पठाउने बताइसकेको छ । रियल छाडेपछि वेल्सम्यान बेलको यात्रा पुनः इंग्लिस प्रिमियर लिग नै हुने अनुमान गरिएको छ ।

तर, महँगो तलबका कारण बेलको प्रिमियर लिग यात्रा असम्भव जस्तै हुने भएको छ । ३० वर्षीय बेललाई अहिले कम्तीमा पनि एक सिजनको १३.४ मिलियन पाउन्ड खर्चनु पर्नेछ । जुन बढ्दो उमेरका बेलका लागि प्रिमियर लिग क्लबले चासो नदिन सक्नेछ ।

बेल र रियलका प्रशिक्षकबीच पछिल्लो समय सम्बन्ध राम्रो रहेको छैन । खराब सम्बन्धकै कारण बेलले गत सिजन नै क्लब छाड्ने निर्णय गरेका थिए । बेलले चिनिया सुपर लिग क्लब रोजेपछि रियलले बेललाई रोकेको थियो ।

बेलले यो सिजन रियलबाट १८ पटकमात्रै मौका पाएका छन् । यता टोटेनहम आफ्ना पुर्व खेलाडीलाई फर्काउन चाहिरहेको छ । तर, एएसका अनुसार बेलको एजेन्ट बेलको तलबक कारण प्रिमियर लिग फिर्ती असम्भव रहेको बताउछन् । एएसका अनुसार अब बेलको गन्तव्य अमेरिकी मेजर लिग सकर (एमएलएस) हुने आँकलन गरिएको छ ।

बेल २०१३ मा इंग्लिस क्लब टोटेनहमबाट कीर्तिमानी मुल्यमा रियलमा पुगेका थिए । पछिल्लो समय बेलले रियलको समर्थकको मन जित्न सकेका छैनन् । केही समय चोटबाट ग्रसित बनेका बेलले स्पेनिस भाषा सिक्न नसक्दा पनि आलोचनाको शिकार भएको थिए ।

रियलले बेलले आफ्नो तलब कम गरे २०२२ सम्म क्लबमा नै राख्ने बताउँदा बेलले यो कुरालाई नकार्दै क्लब छाड्ने बताइसकेको छ । रियलले यसै सिजन फ्रान्कफर्टबाट आएका लुका जोभिचलाई पनि बेच्ने तयारी गरेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.