default_image

4 years ago

March 30, 2020

रामोसको रियलमै रहने इच्छा

एजेन्सी – स्पेन एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोस सोमबार ३४ औं वर्षमा प्रवेश गर्दैछन् । रियलसँगको उनको सम्झौता जुन २०२१ सम्मको मात्र छ । त्यसअर्थ अर्को कुनै सम्झौता नहुने हो भने रियलमा यो अन्तिम सिजन हुनेछ । यद्दपी धेरैले उनको सम्झौता नविकरण हुने विश्वास लिएका छन् । तर, विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ […]

24 views

0 Bookmark

एजेन्सी – स्पेन एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोस सोमबार ३४ औं वर्षमा प्रवेश गर्दैछन् । रियलसँगको उनको सम्झौता जुन २०२१ सम्मको मात्र छ । त्यसअर्थ अर्को कुनै सम्झौता नहुने हो भने रियलमा यो अन्तिम सिजन हुनेछ । यद्दपी धेरैले उनको सम्झौता नविकरण हुने विश्वास लिएका छन् ।

तर, विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ को कारण सबै फुटबल गतिविधि ठप्प छ । इटाली पछि स्पेन सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा पर्दछ । त्यसको असर रामोसको नविकरणमा पनि गरिएको अनुमान गरिएको छ । नविकरणका लागि दुई पक्षबीच एक चरण छलफल भइसकेको बताइन्छ ।

त्यसैले पनि खासै हतार नगरिएको अनुमान गरिएको छ । अहिले नयाँ चुनौतिका रुपमा कोरोना भाइरसका कारण विश्वका सबै गतिवधि प्रभावित भएका छन् । फुटबल पनि प्रत्यक्ष रुपमा त्यसको मारमा परेको छ । पछिल्लो पटक २०१६ मा रामोसको सम्झौता नविकरण हुँदा कुनै धुमधाम गरिएको थिएन । यहि बीचमा उनी प्रिमियर लिग म्यानचेस्टर युनाइटेड जाने सक्ने चर्चा पनि चलेको थियो ।

रोमासले भने रियलमै आफेनो खेल जीवनको अन्त्य गर्ने इच्छा बताइसकेका छन् । क्लब र उनीबीचमा सम्झौताको विषयमा खासै समस्या नहुने अनुमान गरिएको छ । खाली नविकरण कति लामो हुन्छ त्यो महत्वपूर्ण हुनसक्नेछ । सामान्यता रियलले ३० वर्ष नाघेका खेलाडीसँग एक वर्षसम्मको लागि नविकरण गर्दै आएको छ । रामोसको हकमा भने दुई वर्षको अवधि थपिन सक्छ ।

अब एक वर्षको सम्झौता भएको खण्डमा उनी २०२२ सम्म रियलमा हुनेछन् । त्यत बेला रामोस ३५ वर्षका हुनेछन् । अहिले पनि सिनियर टोलीमा उनी नियमित सदस्य हुन् । शारीरिक रुपमा पनि उनी राम्रो अवस्थामा छन् । कोभिड १९ का कारण भने फुटबलमा पनि निकै असर गरेको छ । यसले क्लबको आर्थिक अवस्थामा पनि निकै फरक पर्ने अनुमान गरिएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.