default_image

4 years ago

April 2, 2020

प्रिमियर लिगमै रहने विलियनको इच्छा

एजेन्सी – ब्राजिलियन विलियनले आफू प्रिमियर लिगमै रहन चाहेको प्रष्ट पारेका छन् । चेल्सीसँगको उनको सम्झौता चार महिनामा सकिँदैछ । ३१ वर्षे विलियन र चेल्सीबीच नयाँ सम्झौता हुन सकेन । अहिले नविकरणका विषयमा छलफल पनि टुंगिएको बताइएको छ । अर्को सम्झौता भएन भने उनी जुन ३० मा चेल्सीबाट अलग हुनेछन् । प्रिमियर लिगकै अन्य टोली […]

26 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विलियनले आफू प्रिमियर लिगमै रहन चाहेको प्रष्ट पारेका छन् । चेल्सीसँगको उनको सम्झौता चार महिनामा सकिँदैछ । ३१ वर्षे विलियन र चेल्सीबीच नयाँ सम्झौता हुन सकेन । अहिले नविकरणका विषयमा छलफल पनि टुंगिएको बताइएको छ ।

अर्को सम्झौता भएन भने उनी जुन ३० मा चेल्सीबाट अलग हुनेछन् । प्रिमियर लिगकै अन्य टोली आर्सनल र टोटेनहमले उनीमाथि चासो देखाइरहेको बताइएको छ । त्यस्तै बार्सिलोनाले पनि ब्राजिलियन विङ्गरलाई लिन सम्भावना रहेको बताइएको छ । तर विलियन भने प्रिमियर लिगमै रहन चाहन्छन् ।

‘प्रिमियर लिगमै रहने मेरो चाहना हो । यद्यपी अन्य लिग खेल्ने विषयलाई पनि मैले पुरै अस्वीकार गरेको छैन,’ उनले भने, ‘यो सिजनको अन्त्यसम्म म यहि खेल्नेछु । त्यसपछि के हुन्छ हेरौं । म इंग्ल्याण्डमै अभ्यस्त छु ।’

उनले पुरानो क्लब कोरियथेन्स जाने कुनै योजना नभएको उल्लेख गर्दै अहिले युरोप मै रहने बताएका छन् । ‘म अहिले आफ्नो जीवनको उच्च विन्दुमा छु । खेलाडीले खेल जीवनभरमा यस्तो अवस्था आउछ,’ उनले थपे, ‘मलाई लाग्छ म अहिले उच्च विन्दुमा छु ।’ उनका पूर्व प्रशिक्षक जोसे माउरिन्हो अहिले टोटेनहममा रहेकाले विलियन त्यहाँ जाने सम्भावना रहेको पनि बताइएको छ । ‘मोउरिन्होको प्रशिक्षणमा मैले धेरे सिकेको छु,’ उनले थपे, ‘हाम्रो बीचमा म्यासेज आदन प्रदान हुन्छ । तर धेरै भयो हाम्रो भेट भएको छैन ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.