default_image

4 years ago

May 2, 2020

बेकह्यामकै पथ पछ्याउने बेलको सोच

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका वेल्स फरवार्ड ग्यारेथ बेलले सुपरस्टार डेविड बेकह्यामकै पथ पछ्याउँदै भविष्यमा अमेरिकाको लिग मेजर लिग सकर (एमएलएस) खेल्न सक्ने संकेत गरेका छन् । बेलले इन्टरनेसनल च्याम्पियन्स कपसँग अन्तर्वार्ताका क्रममा आफ्नो भविष्यको गन्तव्य एमएलएस पनि हुनसक्ने अभिव्यक्ति दिएका हुन् । ‘मलाई अमेरिकी लिग एकदम मनपर्छ । पछिल्लो वर्षमा हामीले लिगको विकास […]

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका वेल्स फरवार्ड ग्यारेथ बेलले सुपरस्टार डेविड बेकह्यामकै पथ पछ्याउँदै भविष्यमा अमेरिकाको लिग मेजर लिग सकर (एमएलएस) खेल्न सक्ने संकेत गरेका छन् ।

बेलले इन्टरनेसनल च्याम्पियन्स कपसँग अन्तर्वार्ताका क्रममा आफ्नो भविष्यको गन्तव्य एमएलएस पनि हुनसक्ने अभिव्यक्ति दिएका हुन् । ‘मलाई अमेरिकी लिग एकदम मनपर्छ । पछिल्लो वर्षमा हामीले लिगको विकास हुँदै आएको देखेका छौं । हामी प्रिसिजनका क्रममा खेल्न आउँदा पनि निकै कठिन हुने गर्दछ,’ उनले भने ।

‘लिगको स्तर पहिलाभन्दा धेरै माथि पुगेको छ । क्लबमा सुधार आएको छ, सुविधामा सुधार छ र रंगशाला पनि सुधारिंदै गएका छन् । यसले रोकिने नाम लिएको छैन, लगातार विकास गर्दै गइरहेको छ । पछिल्लो समय खेलाडीहरुमा पनि अमेरिकी लिग खेल्ने आकर्षण बढेको छ । म पनि यहाँ खेल्न इच्छुक छु,’ बेलले भने ।

बेलले आफूलाई छुट्टि मनाउन लस एन्जेलस निकै मन परेको गन्तव्य रहेको पनि बताए । कतिपयले यसलाई उनको एलए ग्यालेक्सीमा जाने संकेतको रुपमा पनि बुझेका छन् । यसअघि सन् २००७ मा इंग्लिस कप्तान डेविड बेकह्याम रियल म्याड्रिड छाडेर ग्यालेक्सी गएका थिए । उनको त्यो ट्रान्सफर नै आधुनिक अमेरिकी फुटबलको टर्निङ पोइन्ट मानिन्छ ।

बेकह्यामले हाल आफैं पनि एमएलएसमा इन्टर मायमी नामको क्लब स्थापित गरेका छन् । उनले अब क्लबमा स्टार खेलाडी ल्याउन कसरत पनि थालिसकेका छन् । उनले पछिल्लो समय सार्वजनिक रुपमा नै आफूले युरोपका स्टार खेलाडी मायमी ल्याउन प्रयास गर्ने बताएका थिए ।

अहिलेको अवस्थामा बेलले रियल म्याड्रिड छाड्ने सम्भावना प्रबल छ । जिदानको रोजाईमा नपरेको र वार्षिक १५ मिलियन युरो तलब बुझ्ने बेललाई जान दिनु रियलका लागि पनि फाइदाजनक हुन सक्छ । यसका लागि बेकह्यामले आफ्ना नजिकका साथी फ्लोरेन्टिनो पेरेजसँग छलफल गर्ने सम्भावना छ । रियलकै अर्का स्टार हामेस रोड्रीग्वेजको नाम पनि बेकह्यामको क्लबसँग जोडिंदै आएको छ ।

यो पनि पढ्नुहोस :ग्यालाक्टिकोस २.० अर्थात रियलको ‘ड्रिम लाइनअप’

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.