5 years ago
May 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे स्थगित गरेको छ ।
कर्मा छिरिङ शेर्पाको नयाँ कार्यसमिति चयन भएपछि एन्फाले बैशाख २२ लाई एन्फा डेका रुपमा मनाउन सुरु गरेको थियो । वैशाख २२ गते नै नयाँ शेर्पाको नेतृत्वमा एन्फा कार्यसमिति चयन भएको थियो । एन्फा डेमा एन्फाले खेलाडी, पदाधिकारी, पुराना खेलाडीहरुलाई सम्मान गर्दै आएको थियो । गत वर्ष जुमानु राई र अनु लामा सम्मानित भएका थिए ।
एन्फा डेका अवसरमा अध्यक्ष शेर्पाले खेलाडी, जिल्ला संघ, क्लब, प्रायोजक, समर्थक र अन्य सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।
गत वर्ष भन्दा पनि अझै भव्य कार्यक्रम गर्ने योजना भएपनि अहिलेको परिस्थितिका कारण स्थगित गर्नुपरेको जनाएका छन् ।
अहिलेको समयमा भने सबै सुरक्षित रहनु महत्वपूर्ण भएको शेर्पाले बताएका छन् । उनले लकडाउनमा सरकारले दिएको निर्देशन पालन गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]