default_image

4 years ago

May 11, 2020

हिगुआइन र राबियोट अझै इटाली पुगेनन्

34 views

0 Bookmark

एजेन्सी – इटालियन सिरि ‘ए’को युभेन्ट्सको प्रशिक्षण सुरु भइसकेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेपछि सिरि ए लगायत युरोपियन फुटबल स्थगित भएको थियो । केहि दिनदेखि भने युरोपका कतिपय क्लबले अभ्यास सुरु गरेका छन् ।

प्रशिक्षण सुचारु गर्ने क्लबमध्य युभेन्टस पनि हो । तर, टोलीका दुई सदस्य गोन्जालो हिगुइन अर्जेन्टिना र एड्रियन राबियोट फ्रान्सबाट फर्केका छैनन् । व्यक्तिगत रुपमा प्रशिक्षण गरिरहेपनि टोलीको प्रशिक्षणमा नफर्केका कारण उनीहरुका विषयमा विवाद सुरु भएको छ ।

क्यान्सर पीडित आमालाई भेट्न हिगुआइन सिरिए स्थगित भएपछि स्वदेश फर्केका थिए । उनी फर्कने विषयमा क्लबलाई जानकारी नदिएको भन्दै सम्झौता रद्द गर्नेसम्मको चर्चा चलेको थियो । राबियोटको ढिलाईका विषयमा पनि क्लबले चासो राखेको छ ।

क्रिस्टियानो रोनाल्डो, सामि खेडिरा, मिरालियन प्यानिच, एलेक्स सान्द्रो, डानिलो, डग्लास कोस्टा, वोजिएक सेचेज्नी, ब्लेस मातुइडी र माथिज डी लिग्टले पनि सिरिए स्थागित भएपछि इटाली छाडेका थिए । तर , उनीहरु भने टुरिन फर्किसकेका छन् ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.