default_image

4 years ago

May 15, 2020

हिगुआइन इटली फर्कदै

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइन यसै साता इटली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षण थालेको झन्डै दुई सातापछि हिगुआइन इटली फर्कन लागेका हुन् ।  हिगुआइन टुरिन फर्किएपनि उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ । उनले दुई साताको क्वारेन्टिन बसाईपछि कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ देखिएमा मात्रै टोलीसँगको प्रशिक्षणमा सामेल […]

25 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइन यसै साता इटली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षण थालेको झन्डै दुई सातापछि हिगुआइन इटली फर्कन लागेका हुन् । 

हिगुआइन टुरिन फर्किएपनि उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ । उनले दुई साताको क्वारेन्टिन बसाईपछि कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ देखिएमा मात्रै टोलीसँगको प्रशिक्षणमा सामेल हुन पाउनेछ ।

हिगुआइन इटलीमा लकडाउन शुरु भएदेखि नै अर्जेन्टिना फर्किएका थिए । उनले आफ्नो आमाको स्वाथ्यमा देखिएको समस्याका कारण लकडाउन र महामारीको बीचमा पनि इटली छाडेर ब्युनर्स आयर्स पुगेका थिए । उनी प्रशिक्षणका लागि इटली फर्कने युभेन्टसका अन्तिम खेलाडी हुन् ।

हिगुआइन आज शुरुक्रबार टुरिनमा पुग्ने र दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टिन अवधि पुरा भएपछि उनी क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र युभेन्टसका टिमसँगको प्रशिक्षणमा जान अनुमति पाउनेछन् । १३ जुनबाट इटालियन सिरी ‘ए’ हुने तयारी गरिरहँदा क्लबहरुले यसअघि नै प्रशिक्षण थालिसकेका छन् ।

३२ वर्षीय हिगुआइनले प्रशिक्षक मौरिसियो सार्रीको डेब्यु सिजनमा पहिलो रोजाईका स्थान बनाउन सकिरहेका छैनन् । उनले १६ खेलमा मात्रै पहिलो रोजाईमा अवसर पाउदा ५ गोल गरेका छन् । उनले टोलीमा पहिलो रोजाईमा स्थान बनाउन अझै मिहेनत गर्नुपर्ने देखिन्छ । अर्जेन्टिनी क्लब रिभर प्लेटमा उत्कृष्ट प्रदर्शन गरेपछि हिगुआइन २००६ मा स्पेनिस महारथी रियल म्याड्रिडमा पुगेका थिए ।

पछिल्लो समय युभेन्टसले हिगुआइनलाई रिलिज गर्ने तयारी गरिरहेको छ । तर, उनका बुवा जर्जले हालका लागि युभेन्टस नै हिगुआइनको सही गन्तव्य रहेको बताएका छन् । ‘युभेन्टसमा उनको सम्झौता अझै बाँकी छ । तर, यो हिगुआइनको निर्णयमा नै भर पर्नेछ । उनी युभेन्टसमा अझै बस्न चहान्छन् । केही अफवाह फलिएका छन् । त्यसमा कुनै आधिकारिकता छैन ।’ रिभर प्लेटका निर्देशक इन्जोले भने ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.