default_image

4 years ago

June 18, 2020

फेलिक्स चम्कँदा एटलेटिको म्याड्रिडको सानदार जित

एजेन्सी – युवा फरवार्ड जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनसँगै एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत बुधबारको खेलमा ओसासुनालाई ५-० ले पराजित गरेको छ । एटलेटिकोको जितमा फेलिक्सले दुई गोल गर्दा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरेका थिए । फेलिक्सले दुवै हाफमा १-१ गोल गर्दै अवे मैदानमा महत्त्वपूर्ण जिततर्फ डोर्याए । यस जितसँगै […]

32 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनसँगै एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत बुधबारको खेलमा ओसासुनालाई ५-० ले पराजित गरेको छ ।

एटलेटिकोको जितमा फेलिक्सले दुई गोल गर्दा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरेका थिए । फेलिक्सले दुवै हाफमा १-१ गोल गर्दै अवे मैदानमा महत्त्वपूर्ण जिततर्फ डोर्याए । यस जितसँगै एटलेटिकोले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

खेलको २७ औं मिनेटमा एटलेटिकोले अग्रता लिएको थियो । साउल निगुएजको प्रहार डिफेन्डरलाई लागेर फर्केपछि आएको रिबाउन्डमा फेलिक्सले गोल गरेका थिए । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षकले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ५६ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गरे । डिएगो कोस्टाले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई उनले गोलमा परिणत गरेका थिए । कोस्टाले गोलरक्षकसँग वन भर्सेस वन स्थितिमा रहेपनि कुनै जोखिम नलिई खाली रहेका फेलिक्सलाई पास दिएका थिए ।

७९ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्कोस लोरेन्टेले गोल गर्दै एटलेटिकोको जित पक्का गरे । उनले छोटो फ्रिकिकमा आएको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण गर्दै तीन डिफेन्डरलाई छक्क्याएर गोल गरेका थिए ।

८२ औं मिनेटमा अल्भारो मोराटाले लोरेन्टेको पासमा उत्कृष्ट फिनिस गर्दै ४-० को अग्रता दिलाए । ८८ औं मिनेटमा लोरेन्टेको पासमा फरेरा करास्कोले गोल गर्दै फराकिलो जित पक्का गरे ।

यस जितसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ । म्याड्रिड टोलीले २९ खेलमा ४९ अंक जोडेको छ । तेस्रो स्थानको सेभिल्लाको ५१ अंक छ भने एक खेल कम खेलेको सोसीडाड र गेटाफेको समान ४७ अंक रहेको छ । ओसासुना भने २९ खेलमा ३५ अंकसहित ११ औं स्थानमा सिमित रहेको छ ।

यो पनि पढ्नुहोस : युभेन्टसलाई हराउँदै नेपोली कोप्पा इटालिया च्याम्पियन

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.