default_image

5 years ago

June 25, 2020

लाजियो हार्दा शीर्षस्थानको युभेन्टसलाई फाइदा

185 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित भएको छ । खेलको पहिलो हाफमा नै २-० को अग्रता लिएको लाजियोले दोस्रो हाफमा सम्हालिन नसक्दा हारको सामना गर्नुपर्यो ।

पाहुना टोली लाजियोले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । लाजियोका म्यानुएल लाजारीले क्रस गरेको बल एटलान्टाका मार्टिन डे रुनलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो । ११ औं मिनेटमा लाजियोले अग्रता दोब्बर पार्यो । लुइस अल्बर्टोको पासमा सर्गे मिलिन्कोभिच साभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ३८ औं मिनेटमा एटलान्टाले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । हान्स हातेबोरको क्रसमा रोबिन गोसेन्सको हेडर गोलमा परिणत भएको थियो । खेलको अन्त्यतिर बलमा पकड बनाएको एटलान्टाले बराबरी गोलको प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफको ६६ औं मिनेटमा एटलान्टाले खेल बराबरीमा ल्यायो । डे रुनको पासमा रुस्लान मालिनोभ्स्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् । ८० औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । कप्तान आल्हान्द्रो गोमेजको पासमा जोसे लुइस पालोमिनोले गोल गर्दै लाजियोलाई दबाबमा राखेका थिए ।

यस हारसँगै लाजियोले शीर्षस्थानको युभेन्टससँग अन्तर घटाउने अवसर गुमाएको छ । लाजियोको २७ खेलमा ६२ अंक रहेको छ । समान खेलमा युभेन्टसले ६६ अंक जोडेको छ । एटलान्टा भने महत्त्वपूर्ण जितसँगै २७ खेलमा ५४ अंकसहित चौथो स्थानमा रहेको छ ।

अन्य खेलको समाचार पढ्नुहोस् :

रियल म्याड्रिड लिगको शीर्षस्थानमा उक्लियो

लाजियो हार्दा शीर्षस्थानको युभेन्टसलाई फाइदा

फराकिलो जितसँगै लिभरपुल उपाधिनजिक

इन्टरको खेलमा ६ गोलको बराबरी

मार्सियलको ह्याट्रिकमा युनाइटेडको सहज जित

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.