5 years ago
June 25, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले बुधबार राती घरेलु मैदान एनफिल्डमा क्रिस्टल प्यालेसमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।

प्रिमियर लिग सुरु भएपछिको पहिलो लिग उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलले खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब कायम गरेको थियो । खेलको २३ औं मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सिधै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । मिडफिल्डर फाबिन्होको पासलाई फरवार्ड मोहमद सलाहले गोलरक्षकको टाउको माथिबाट चिप गर्दै अग्रता दोब्बर पारेका थिए । सलाहले घरेलु मैदानमा १५ औं गोल गर्दै लिभरपुललाई उपाधिनजिक पुर्याएका थिए ।
दोस्रो हाफको ५५ औं मिनेटमा फाबिन्होले लामो दुरीबाट गोल गर्दै लिभरपुलको जित पक्का गरे । ६९ औं मिनेटमा सलाहको पासमा मानेले गोल गरे । सलाहको थ्रु पासलाई मानेले वन भर्सेस वनको स्थितिमा गोलरक्षकलाई बिट गर्न सफल भएका थिए ।

यससँगै लिभरपुल अब जितबाट मात्र एक जित टाढा रहेको छ । लिभरपुलले अर्को खेल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग इतिहाद रंगशालामा खेल्नेछ । यद्यपि त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले उक्त खेलमा हार बेहोरे लिभरपुल च्याम्पियन बन्नेछ ।
अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ३० खेलमा ६३ अंक छ । प्यालेस भने ३१ खेलमा ४२ अंकसहित नवौं स्थानमा यथावत नै छ ।
अन्य खेलको समाचार पढ्नुहोस् :
रियल म्याड्रिड लिगको शीर्षस्थानमा उक्लियो
लाजियो हार्दा शीर्षस्थानको युभेन्टसलाई फाइदा
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]